स्थानीयहरुलाई लघुउद्यम सिकाउँदै भागेश्वर गाउँपालिका

स्थानीयहरु लघुउद्यम सिकाउँदै

डडेल्धुरा, बैशाख १२–
भागेश्वर गाउँपालिकाले स्थानीयहरुलाई बिभिन्न लघुउद्यम सिप सिकाउन थालेको छ । गाउँमा रहेको अल्लो, केरा, मोथो, चिउरी र सालका पातबाट बन्ने घरेलु बस्तुहरुको सिप सिकाउने काम शुरु गरेको छ । महिलाहरुलाई केरा, मोथोको चटाई, मौरी पालन, दुनाटपरी, सिलाई कटाई, बाख्रापालन र अल्लोको कपडा बुन्ने सिप सिकाएईन थालेलिएको छ ।
घरबसीरहदाँ भन्दा गाउँपालिकाले सिकाएको सिपले धेरै फाईदा पुगेको भागेश्वर–३ बोगटाकी तुलसी शाहीाले बताईन् । ‘गाउँमै सालको पातबाट धेरै पाईने र त्यसबाट दुनाटपरी बनाउन सिकेर केही उद्यम गर्ने तयारीमा छु ।’ शाहीले भनिन् ।
दुनालेकमा अल्लोको कपडा बनाउने उद्यमशील शुरु गरिएको छ भने घरमै परम्परागत रुपमा गरिदैं आएको चटाई र सिलाई कटाई जस्ताका काममा उद्यमी बनाउने काम शुरु गरिएको छ छ भने प्रत्येक वडाबाट दुई जनाका दरले १० जनालाई सवारी चालकको तालिम दिईएको छ । स्थानीय युवायुवतीहरुलाई लोकसेवा प्रति आकर्षित गर्न १८ जनालाई लोक सेवा तयारी कक्ष संचालन गरिएको भागेश्वर गाउँपालिकाका उद्यम विकास सहजकर्ता पार्वती शाहीले बताउनु भयो ।
स्थानीय युवा युवतीहरुलाई सिप सिकी आत्मनिर्भर बनाउन गाउँपालिकाले बिभिन्न ब्यक्तिहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउने प्रयास शुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताउनु भयो । ‘पालिकाबाट सिप सिकाई सकेपछि उनीहरु आत्मनिर्भर बन्न सक्नेछन् ।’ उनले भने, ‘स्वरोजगार हुने बाटो तयारी गर्न गाउँपालिकाले सहयोग गरेको हो ।’

स्थानीयहरु महिलाहरु लघुउद्यम कार्यक्रममा

भागेश्वर गाउँपालिकालले वार्ड नम्बर १मा चटाई बुन्ने सिप तालिम २३ जनालाई र वार्ड नम्बर ३मा मौरी पालन तालिम ८ जना, तुना टपरी बनाउने तालिम १५ जनालाई दिएकार उद्यमी बनाउने काम शुरु गरेको छ । स्थानीय स्तरममा पहिले देखि नै गरिदैं आएको अल्लोको कपडा बनाउने पेसालाई आधुनिक प्रबिधिकयुक्त बनाएर जिबिकोपार्जनमा सहयोग पु¥याउन दुनालेकका ११ जना महिलालाई तालिम संचालन गरिएको छ । स्थानीय क्षेत्रका महिला पुरुषहरुलाई गाउँमै उद्यमी बनाउने बिभिन्न तालिम संचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीयले बताउनु भयो ।
बेरोजगारी बढी रहेका बेला गाउँमै रोजगारी दिन पालिकाले उद्यम बिकास कार्यक्रम अन्र्तगत गाउँमै उद्यमी बनाउने अभियान अन्र्तगत गाउँ गाउँमा लघुउद्यम तालिम संचालन गरि उद्यमी बानउने काम भईरहेको भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौतले बताउनु भयो ।

bb

Leave A Reply

Your email address will not be published.