पदम जोरा,डडेल्धुरा
नेपाल शिक्षक संघको केन्द्रीय महाधिबेसनमा डडेल्धुरा वाट खुल्ला केन्द्रीय सदस्यमा करबिर सिह बोहरा चुनावी मैदानमा उत्रिएकाछन ।
डडेल्धुराको परशुराम नगरपालिका वडा.न १ सलौन घर भई, भागेश्वर माबि सलौनका शिक्षक समेत रहेका वोहरा गोकर्ण वानिया प्यानल वाट खुला सदस्य पदमा चुनाव लड्दैछन ।
पुर्व प्रधानमन्त्री तथा काँग्रेस केन्द्रीय सभापती समेत रहेका शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरा वाट केन्द्रीय सदस्य पदका उमेदवारी बोहरा लाई केन्द्रीय शिक्षक संघका कन्द्रीय पार्शदहरुले चासोका रुपमा हेरेका छन ।
बोहरा नेपाली काँग्रेसको भात्रि संघ नेपाल विद्यार्थी संघको राजनिती हुदै शिक्षक संघको परशुरामको अध्यक्षको समेत जिम्मेवारी सम्हालेका पात्र हुन ।
नेपाल शिक्षक संघ को ९ औं केन्द्रीय महाधिबेशन धुम्वराहि काठमाण्डौंमा चैत्र २८ गते उद्घाटन भएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सभापती शेर बहादुर देउवाले चैत्र २८ गते नेपाल शिक्षक संघको ९ औं केन्द्रीय महाधिबेशन उदघाटन गरेका हुन ।
शिक्षक संघको ९ औं केन्द्रीय महाधिबेसनको बन्द सत्रमा दुई प्यानल विच सहमति हुन नसक्दा दुई वटै प्यानल अध्यक्ष,उपाध्यक्ष,सचिव,सह–सचिव, सदस्य पदमा गोकर्ण वानिय प्यानल र सोमनाथ गिरि प्यानल विच चुनावी प्रतिष्पर्दा भई रहेको छ ।
शिक्षक संघको ९ औं केन्द्रीय महाधिबेसन अन्तरगत नदुर्गा भ्यान्यू सुकेधारामा आज बिहान ८ वजे वाट मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ ।
