पदम जोरा,डडेल्धुरा
डडेल्धुराको परशुराम नगरपालिका वडा.न १० सापाशेलाका ६ वर्षिय वालक यादव विष्ट विपि क्यान्सर हस्पीटल भरतपुर चितवनमा उपचाररत छन ।यादव विष्टको उपचार खर्च जुटाउन वडा.न १० का एक युवा जयराज विष्टको प्रयास जारी रहेको छ ।
सामाजिक अगुवाको भुमिकामा देखीएका जयराज बिष्टले फागुन २० गते देखी आर्थिक संकलन अभियान सुरु गरेको र अझै जारी रहेको गाउँघर न्यूजलाई वताए ।
हाम्रो सानो सहयोगले ६ वर्षिय वालकको ज्यान जोगिन्छ, भने किन सहयोग नगर्ने अहिले नगरे कहिले गर्ने , भन्दै उहाँले स्वदेश र विदेशमा आफ्नो सामाजिक सञ्जाल फेसबुक वाट गक्ष अनुसारको आर्थिक संकलन जुटाई वालका बुवा भान वहादुर विष्टलाई हस्तान्तरण गरेकाछन ।
चैत्र २८ गते सम्म बिभिन्न दाताहरुले आफ्नो भजुल खर्च कटाई गरेको सहयोग रकम रु २ लाख संकलन भएको पिडित वालक यादव विष्टका वुवा र काका लाई हस्तान्तरण गरेको वताए ।
सामाजिक युवा जयराज विष्टले चालेको आर्थिक संकलन अभियानको सर्वत्र प्रशंसा गरीएको छ ।
