पदम जोरा, डडेल्धुरा
शिक्षक डम्मर पाण्डेय डडेल्धुराको भागेश्वर २ का स्थायी घर भई श्री शिद्वनाथ माबि परशुराम १२ जोगबुडामा अध्यापन गराउनु हुन्छ ।
उहाँ यसरी दिनु हुन्छ विद्यार्थीलाई सुझाव
देशव्यापी, रुपमा शैक्षिक सत्र २०७९ को बार्षिक परीक्षाको नतिजा आयो र आउने क्रममा छ ।
तपाईहरुको सफलताले हामी सबैमा सन्तोष अबस्य छायो , तर सन्तोषको अंक तल नै छ ।
माथिल्लो कक्षामा पुग्नु भयो, अब हिजोको जति परिश्रमले अलि थेग्दैन होला, हिजोका कमि कमजोरी सुधार्नु होला, कहिले पनि गृहकार्यमा कन्जुस्याइँ नर्गाु होला , कक्षामा उपस्थित कमी देखीएको छ , हाजिर अलि कम भएको हुन सक्छ, कहिले काही पप्जी, फ्री फायर, टिकटकमा पनि समय वितेको सुनेको छौ तर अव भने अवस्य सुध्रिन सक्छौ भनेर हामीले केही बोलेका थिएनौ । घरमा नियमित टायमटेवल बनाएर पढ्ने वानी वसाउनु भएको कमै पाइयो , अतिरिक्त क्रियाकलापमा कम सहभागिता देखीयो पढेर के गर्ने? आखिर बिदेश जानै पर्छ भन्ने मानसिकता पनि केहीमा छ, अरे देशमा समस्यै समस्या छ ,रोजगार छैन, राजनीतिक संस्कार छैन भनेर हतोत्साहित पो बन्दै छौ ।
तिमिहरुका साथीहरुले कता–कता यस्तै कुरा गरि हिड्छन अरे । देशको आर्थिक अवस्था कमजोर छ, राजनीतिक अवस्था दुर्गन्धित छ, शैक्षिक अवस्था कहाली लाग्दो छ, अब यस्तै अवस्थामा छोड्ने कि सुधार गर्ने? तपाईहरु जस्ता बलिस्ठ पाखुरी, सृजनशिल दिमाग , युवा जोस मुग्लानको सपना ताक्ने अनि यहाँ रहेका बालक र बृद्दाले के देशको मुहार फेर्न संभावना छ? तपाईहरुको बल बुद्धि ,क्षमता ,भिजन उत्साह अनि जोसलाई राष्ट्रले पर्खिएको छ ।
राष्ट्र ले दोस्रो पुस्ता खोज्दै छ, त्यो तपाईहरु हो, यो पुस्ताले गरेको गल्तिलाई अब तपाईहरुले सच्याउन पर्छ अनि त्यो क्षमता र तागत तपाईहरुमा अवस्य छ, भोलिका कर्णधार, राष्ट्रका दरिला खम्बा, बेथिति र बिकृति संगै अन्धकार हटाउने उज्ज्वल नक्षत्र राष्ट्रको आशा, भरोसा हाम्रो साहारा सवै तपाईहरु हो ।
कस्तुरीले आफ्नो सुगन्धित बासना नचिने झै तपाईहरुले आफ्नो क्षमता सायद चिन्नु भएको छैन अब चिनेर बिश्वलाई सुगन्धित बनाउनु छ ।
हिम्मत नहार्नुहोस एक पटक यो पढ्नुस है त ःभनेर उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत यो सुझाव प्रेरणा लाई पोष्ट गर्नु भएको छ ।
गाडीको खलासीमा काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने । ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने । कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने । वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने । सानैमा चोरी गर्दै हिड्ने विकाशानन्द धार्मिक गुरू बने ।
पत्रीका बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने । भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने । चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने ।
अन्धी,बहिरी कुजी,लाटी कृश्ट्री ब्राउन र हेलेन केलर विश्व बिख्यात लेखक बने ।
बिबिध समस्याका कारण डिप्रेसन भएर आत्महत्या गर्नै लागेकी जेके रोलिङले विश्व बिख्यात पुस्तक ह्यारी पोटर लेखेर विश्व ईतिहास रचेकि थिइन ।
कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने । कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका मालिक बने । सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्वकवी बने । लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने । मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने । घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने । पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने । खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन ।
अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे । कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले । गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने । पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक बने । जुरफको फुटबल खेल्ने पेले विश्व बिख्यात खेलाडी बने।
कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन साहित्यकार बने ।स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी बने ।झण्डै दुइ सय डलर गोजीमा हालेर अमेरिका छिरेका ब्रुस ली मार्सल आर्टका गुरू बने ।थर्ड डिभिजनमा क्ीऋ पास गरेका महात्मा गान्धी विश्व नेता बने ।तिन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी धनाढ्य बन्न सके ।हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने ।
दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्पती बने ।
कुनैबेलाकासामान्य सैनिक विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने । मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै जिनियस वैज्ञानिक बने । बुझ्नु भयो नि सफलताको गुदि?सबै सफल र ख्यातीप्राप्त ब्यक्तिको अतीत सामान्य र दुख दायी नै रहेछ।नदिको ढुङ्गा पानीको बलले खियाएको होइन ,नियमित प्रयासले हो। आफुलाई के कारणले कम्जोर ठान्नु हुन्छ?
कडा मिहिनेत र निरन्तर प्रयाश गर्ने हो भने सम्भावना नै सम्भावना छ ।आफ्ना कमजोरी मानसिकतालाई नयाँ शैक्षिक सत्र र नयाँ बर्ष देखि सुधार्नु हुनेछ ,आत्म बिस्वास बढाउनु हुनेछ,हार्दिक शुभकामना छ ।
