पदम जोरा,जोगबुडा
डडेल्धुराको परशुराम नगरपालिका ४ कटाल स्थित भागेश्वर माबिको ४८ औं वार्षिकोत्सव तथा अभिवाबक दिवस समारोहको आय/व्यय सार्वजनिक गरीएको छ ।
विद्यालयको ४८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयको आन्तरिक कोष बाहेकको रकम वाट भएको , खुल्ला महिला–पुरुष भलिबल प्रतियोगिता, वडा स्तरिय महिला देउडा प्रतियोगितामा भएको आय÷व्यय बुधवार सार्वजनिक गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेरसिंह माल ‘डायमण्ड’ले जानकारी दिए ।
४८ औ वर्षिकोत्सव तथा अभिवाबक दिवस समारोहमा भएको आम्दानी र खर्च व्यय बुधवार विद्यालय व्यवस्थापन समिति,अभिवाबकले अनमोदन गरि सार्वजनिक गरीएको विद्यालयका प्रधानाध्यापक जनकराज अवस्थीले जानकारी दिए ।
बुधवार बिद्यालय व्यवस्थापन समिति अध्यक्ष शेर सिह माल डायमण्डको अध्यक्षतामा बसेको आमभेलाले बार्षिकोत्सव तथा अभिवाबक दिवस सामारोहमा भएको आय÷व्यय अनुमोदन गरिएको हो ।
वर्षिकोत्सव समारोहमा बिभिन्न, चन्दा,व्यानर, प्रायोजन, सौजन्य, नगरपालिका १० लाख २१ हजार ४ सय ३ रुपैया आम्दानी भएको र ९ लाख ३३ हजार ४ सय १३ रुपैया खर्च पुरुस्कार, व्यवस्थापन, कलाकार पारश्रमिक आदि शिर्षकमा खर्च भएको जनाइएको छ ।
विद्यालयको ४८ औं वार्षिकोत्सव तथा अभिवाबक दिवसको अवसरमा सामुदायिक वन स्तरीय महिला देउडा प्रतियोगिता, मनोरञ्जनात्मक सांस्कृतिक, कार्यक्रम र अन्तरसदनात्मक विद्यालयका अरिक्त क्रियाकलाप खुला महिला/पुरुष भलिवल प्रतियोगिताको आयोजना गरिएको थियो ।
प्रतियोगिता गएको फागुन २७ गते शुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य खगराज भट्टके प्रमुख आतिथ्यतामा उद्घाटन भई चैत्र १ गते राष्ट्रिय सभा सदस्य जगत पार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
