त्रिबेणी बहुमुखी क्याम्पस जोगबुडाको स्ववियु निर्वाचनमा त्रिपक्षिय भिडन्तको सम्भावना

पदम जोरा,डडेल्धुरा

डडेल्धुरा जिल्ला स्थित त्रिबेणी बहुमुखी क्याम्पस जोगबुडाको स्वतन्त्र विद्यार्थी युनीयन निर्वाचनमा त्रिपक्षिय भिडन्तको सम्भावना बढ्दो देखीएको छ ।
फागुन २६ गते देखी बित्रेणी बहुमुखी क्याम्पसमा बिभिन्न संघ/संगठन दर्ता भए संगै स्ववियु निर्वाचन गतिबिधी समेत बढेको छ ।
त्रिबेणी बहुमुखी क्याम्पस जोगबुडामा नेपाली काँग्रेसको भात्रि संघ नेपाल बिद्यार्थी संघ, नेपाल कम्युनिष्ट पार्टी एमालेको भात्री संगठन अनेरास्ववियु र माओवादी केन्द्रको भात्री संगठन अखिल क्रान्तीकारीका विच त्रिपक्षिय भिडन्त हुने देखीएको छ ।
राष्ट्रिय कार्यतालिका अनुसार चैत्र १ गते ३ वटै संगठनले प्यानल सहित मनोनयन दर्ताका लागि तयारी तिब्र पारेका छन ।
झण्डै ४१६ मतदाता रहेको त्रिबेणी बहुमुखी क्याम्पस जोगबुडाको स्ववियु निर्वाचनमा कुन संगठनले वाजि मार्छ भन्ने विषय पेचिलो बन्दै गएको छ ।
पछिल्लो केन्द्रीय राजनिति र १० दलिय गठवन्धनको प्रभाव त्रिबेणी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अन्तिम सम्म देखीएला की ? न देखीएला भन्ने विषय रहस्यमय छ ।
क्याम्पसमा दर्ता र गठन भएका बिभिन्न पार्टीका भात्रि संघ÷संगठनले गठबन्धन र तालमेलको र्चा अहिले सम्म चलाएका छैनन ।
क्याम्पसमा चैत्र ८ गते स्ववियु निर्वाचन हुने मिति तय भएको छ, अहिले तिन वटै संघ/संगठन आ–आफ्नो प्यानल सहित मनोनयन दर्ताका लागि दौडधुपमा छन ।
यद्यपि चैत्र १ गते बिहान ११ वजे देखी दिउसो १ः३० वजे समानुपातिक र प्रतक्ष तर्फ मनोयन दर्ता र साझ ५ वजे भित्र उमेदवारको नामावली प्रकाशन गरिने स्ववियु निर्वाचन समितिको तालिका रहेको छ ।
चैत्र २ गते बिहान १० वजे सम्म दाबि विरोध र दावि बिरोध उपर छलफल गरि साझ ५ वजे अन्तिम नामावली प्रकासन गरिने स्ववियु निर्वाचन समिति प्रवक्ता नारायनदत्त जोशीले जानकारी दिए ।
चैत्र ३ गते बिहान १० वजे देखी दिउसो १ वजे सम्म उमदेवारी र्फिता समय र दिउसो ३ वजे अन्तिम नामावली प्रकासन गरिने कार्यतालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ ।
त्रिबेणी बहुमुखी क्याम्पस जोगबुडाको स्ववियु निर्वाचन यस पुर्व नेपाल विद्यार्थी संघले जितेको थियो,भने यस पालि पनि गठबन्धन र तालमेल हुने सम्भावना न्यून देखीएकाले र त्रिपक्षिय भिडन्तमा नेबिसंघ लाई नै फाईदा हुने काँग्रेस नेताहरुको भनाई छ ।
बिशेस गरि ६० प्रतिशत छात्रा अध्ययनरत रहेको क्याम्पसमा नेबिसंघको बाहूल्यता छ, सोही अनुसार पनि नेबिसंघ लाई जितको आधार बलियो रहेको नेताहरु वताउदै आएका छन ।
उताँ माओवादी केन्द्र र एमालेले पनि आफुहरुको संगठन जित्ने आधार वलियो रहेको दावि गरी रहेकाछन ।

bb

Leave A Reply

Your email address will not be published.