पदम जोरा,डडेल्धुरा
डडेल्धुराको परशुराम नगरपालिका वडा.न १ सलौनले वडा अध्यक्षकप महिला पुरुष भलिवल प्रतियोगिता आयोजना गरेको छ ।
परशुराम नगरपालिका वडा.न १ को आर्थिक वर्ष २०७९÷०८० को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत प्रतियोगिता आयोजना गरिएको वडाअध्यक्ष लाल बहादुर धामीले गाउँघरन्यूज लाई जानकारी दिए ।
शुक्रवार वडा.न १ का वडाअध्यक्ष लालबहादुर धामीको अध्यक्षता तथा परशुराम नगरपालिकाका नगर–प्रमुख भरत वडायर जोशीको प्रमुख आतिथ्यतामा प्रतियोगिता उदघाटन भएको हो ।
प्रतियोगिता उदघाटन सत्रको बिशिष्ट अतिथिमा परशुराम नगरपालिकाका नगर–उप प्रमुख बिमला कुमारी बोहरा (महता) रहनु भएको थियो ।
प्रतियोगितामा वडा.न १ भित्रका ५ महिला समुह र ७ पुरुष समुह गरि जम्मा १२ समुहको सहभागिता रहेको छ ।
भागेश्वर माद्यमिक बिद्यालय परशुराम नगरपालिका वडा.न १ सलौनको प्राङ्गगणमा प्रतियोगिता जारी रहेको छ ।
प्रतियोगितामा पुरुष तर्फ प्रथम हुने समुहलाई नगद ८ हजार सहित मेडल र प्रमाण–पत्र , दोस्रो हुने समुहलाई नगद ६ हजार सहित मेडल र प्रमाण पत्र , तेस्रो हुने समुहलाई नगद ४ हजार , मेडल र प्रमाण पत्र , सहभागि समुहलाई सान्त्वना स्वरुप प्रमाण पत्र प्रदान गरिने वडा सचिव निराजन जैशीले जानकारी दिए ।
प्रतियोगितमा महिला तर्फ प्रथम हुुने समुहलाई नगद ५ हजार सहित मेडल र प्रमाण पत्र , दोस्रो हुने समुहलाई नगद ३ हजार सहित मेडल र प्रमाण पत्र , तेस्रो हुने समुहलाई नगद २ हजार सहित मेडल र प्रमाण पत्र , सहभागि समुहलाई प्रमाण पत्र प्रदान गरिने सचिव जैशीले जानकारी दिए ।
प्रतियोगिता उदघाटन गर्दै प्रमुख अतिथि तथा परशुराम नगरपालिकाका नगर–प्रमुख भरत वडायर (जोशी) ले राष्ट्रका लागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद भन्ने राष्ट्रिय नारा लाई सार्थक पार्दै प्रतियोगितामा उच्च मनोवलका साथ खेल प्रर्दशन गर्न खेलाडीलाई आग्रह गर्नु भएको थियो ।
