तेस्रो भित्री मधेष महोत्सवको समय १ दिन थपियो : अध्यक्ष बोहरा

पदम जोरा,डडेल्धुरा

“कृषि पर्यटन, उद्योग र व्यपार समृद्ध भित्रि मधेशको आधार” भन्ने मूल नाराका साथ फागुन १५ गते देखी सुरु भएको तेस्रो भित्रि मधेष महोत्सव अवधि १ दिन थपिएको छ ।
भित्रि मधेषका दर्षक , उद्योगि, व्यपारी, समाजसेबी, बुद्विजिबी, राजनैतिक कर्मीको आग्रह अनुसार महोत्सव अवधी १ दिन थपिएको उद्योग वाणिज्य संघ जोगबुडाका अध्यक्ष जनक बोहराले गाउँघरन्यूज लाई वताए ।
बोहराका अनुसार फाल्गुन १५ देखी २५ सम्मका लागि तय गरिएको महोत्सवको समय १ दिन थप गरि फागुन २६ सम्म सञ्चालन हुने भएको छ ।
उद्योग वाणिज्य संघ जोगबुडाको आयोजना तथा परशुराम नगरपालिका, आलिताल गाउँपालिकाको प्रायोजनामा महोत्सव सुरु भएको थियो ।
महोत्सवको अन्य प्रायोजनहरुमा भागेश्वर गाउँपालिका, अजयमेरु गाउँपालिका, नवदुर्गा गाउँपालिका, गन्यापधुरा गाउँपालिका र अमरगढि नगरपालिका रहेकाछन ।
त्यसै गरि सह–प्रायोजकहरुमा रुडुक डडेल्धुरा, कृषि ज्ञान केन्द्र डडेल्धुरा, नेपाल बैंक लि जोगबुडा शाखा ,भुवनेश्वरी हार्डवयर धनगडी कैलाली रहेका छन ।
महोत्सवको सुरु देखी प्रचार–प्रसार र अफिसियल मिडियाको जिम्मेवारीमा रेडियो परशुराम एफ.एम.जोगबुडा रहेको छ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले दर्षकलाई आ–आफ्ना कला र गलाले मनोरञ्जन दिई रहेका छन ।
महोत्सव अवलोकनका लागि आउने अपाङ्गगता भएका र जेष्ठ नागरिकलाई परिचय–पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था मिलाएको आयोजकले जनाएको छ ।
सर्वसाधारणका लागि रु ७० रुपैया र परिचय–पत्रका आधारमा विद्यार्थीका लागि ३० रुपैयाँ टिकटदर कायम गरिएको छ ।
तेस्रो भित्रि मधेष महोत्सवले परशुराम रङ्ग मैदान फागुन १५ गते देखी रंगिएको छ ।
महोत्सवमा व्यपारिक स्टल, चर्खा, पिङ , वालउद्यान समेत सञ्चालनले झन रौनक वनाएको छ ।

bb

Leave A Reply

Your email address will not be published.