पदम जोरा,डडेल्धुरा
डडेल्धुराको आलिताल गाउँपालिका वडा.न ८ का निर्वाचित वडा अध्यक्ष धन वहादुर देउवाले तेस्रो भित्रीमधेष महोत्सव सफल पार्नका लागि २२ हजार २ सय ७५ रुपैया व्यक्तिगत आर्थिक सहयोग गरेका छन ।
आलिताल गाउँपालिकाका नागरिकहरुले निःशुल्क महोत्सवको अवलोकन गर्न पाउन भन्ने उदेश्यका साथ आफुले पाउने पारश्रमिक २२ हजार २ सय ७५ रुपैया सहयोग गरेको अध्यक्ष देउवाले गाउँघरन्यूज लाई वताए ।
शनिवार महोत्सव अवलोकनका लागि परशुराम रंग मैदान पुगेका देउवाले उद्योग वाणिज्य संघ जोगवुडा लाई नगद २२ हजार २ सय ७५ रुपैया आर्थिक सहयोग गरेका हुन ।
डडेल्धुराको भित्रि मधेष क्षेत्र हरेक कला संस्कृतिको धनी क्षेत्र भएकाले , यहाँका कयौन सम्भावना हरुलाई हामीले जगर्नेा गर्नु पर्ने वताए ।
यो महोत्सव यहाँको कला संस्कृति र भेषभुषा जगेर्ना गर्ने हुनु पर्छ, र यस क्षेत्रमा लुकेका स्थानीय भेषभुषा, कलाकारहरु उत्पादन गर्नमा यस क्षेत्रका मेला महोत्सव सास्कृतिक कार्यक्रमहरुको मुख्य भुमिका हुनु पर्ने देउवाको भनाई थियो ।
हाम्रो कला संस्कृति, हाम्रा कलाकारहरुलाई हामीले नजोगाए कस्ले जोगाउने, अहिले न जोगाए, कहिले जोगाउने,भन्दै उनले थोरै भए पनि हामी सबैले महोत्सवमा आर्थिक सहयोग गर्नु पर्ने भनि आफुले पनि सहयोग गरेको वताए ।
