भागेश्वर माबि कटालको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता हुने

पदम जोरा,जोगबुडा

डडेल्धुराको परशुराम नगरपालिका वडा.न ४ कटाल, स्थित भागेश्वर माध्यामिक विद्यालयले खुल्ला महिला–पुरुष भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
विद्यालयको ४८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा खुल्ला महिला–पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेरसिंह माल ‘डायमण्ड’ले गाउँघरन्यूज लाई जानकारी दिए ।
विद्यालयको ४८ औं वार्षिकोत्सव तथा भलिवल प्रतियोगिता फागुन २७ गते सुदूरपश्चिम प्रदेशसभा सदस्य खगराज भट्टको प्रमुख आतिथ्यतामा उदघाटन हुने भएको छ ।
४८ औं वार्षिकोत्सव तथा अभिवाबक दिवसको अवसरमा सामुदायिक वन स्तरीय महिला देउडा प्रतियोगिता, मनोरञ्जनात्मक सांस्कृतिक, कार्यक्रम र अन्तरसदनात्मक विद्यालयका अरिक्त क्रियाकलाप गरिने उनले जानकारी दिए ।
खुल्ला भलिबल प्रतियोगिता अन्तरगत पुरुष तर्फ विजेतालाई नगद १ लाख १ हजार १ सय ११ रुयैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
उप–विजेतालाई नगद ५० हजार १ सय ११ र तेस्रो हुने समुहलाई नगद २५ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने अध्यक्ष मालले जानकारी दिए ।
पुरुष भलिबल प्रतियोगितामा सहभागि समुहका लागि समुह दर्ता शुल्क रु ४ हजार तोकिएको छ ।
यसै गरि महिला भलिबल तर्फ प्रथम हुने समुहलाई नगद ३० हजार १ सय ११ रुयैयाँ, दोस्रो हुने समुहलाई नगद १५ हजार १ सय ११ र तृतीय हुने समुहलाई नगद ८ हजार १ सय ११ रुयैयाँ पुरुस्कार मेडल, ट्रपि र प्रमाण–पत्र प्रदान गरिने भागेश्वर माबिका प्रअ जनकराज अवस्थीले जानकारी दिए ।
महिला भलिवल प्रतियोगिता तर्फ समुह दर्ता शुल्क रु १ हजार ५ सय तोकिएको छ।
‘प्रतियोगितामा सहभागि खेलाडी नेपाली नागरिक हुनु पर्ने र बिभिन्न विधामा उत्कृष्ठ लाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिता फागुन २७ देखी २९ गते सम्म विद्यालय प्राङ्गणमा सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागिता जनाउने देशैभरका नेपाली नागरिक खेलाडीले फागुन २६ गते कार्यालय समय भित्र समुह दर्ता गराइ सक्नुपर्नेछ।
४८ औं वार्षिकोत्सव तथा भलिवल प्रतियोगितामा अफिसियल मिडियाको जिम्मेवारी रेडियो परशुराम एफ.एम.९१.२ मेगाहर्ज, जोगबुडालाई दिइएको अध्यक्ष शेर सिह माल ‘डायमण्ड’ले जानकारी दिए ।

bb

Leave A Reply

Your email address will not be published.