उद्योग वाणिज्य संघ जोगबुडाले घटायो टिकटदर : दर्षक नचाउदै उमा

पदम जोरा,डडेल्धुरा

उद्योग वाणिज्य संघ जोगबुडाको अयोजनामा फागुन १५ गते उद्घाटन भएको तेस्रो भित्रिमधेष सांस्कृतिक महोत्सव परशुराम रंग मैदानमा जारी रहेको छ ।
आज दोस्रो दिन कुशल सञ्चालक तथा लोक दोहीरी गायिका उमादेबी खनाल, मञ्जु पौडेल र शुदुरपश्चिम प्रदेशका चर्चित देउडा गायक लाल वहादुर धामी (अछामी बडो) सहित अन्य आधा दर्जन बढि कलाकारहरुको दमदार प्रस्तुती प्रदर्षन गरीएको आयोजक उद्योग वाणिज्य संघ जोगबुडाले जनाएको छ ।
फागुन १५ गते अर्थान हिजो कार्यक्रम महोत्सव उदघाटनमा समय वितेका कारण सांस्कृतिक प्रस्तुतीहरु आज मात्र प्रदर्सन गरीएका थिए ।
आज दर्षकलाई मञ्जु पौडेल, उमादेबी खनाल र अछामी बडाले दर्षकलाई देउडा र दोहोरीमा झुमाएका थिए ।
भोली अर्थात फागुन १७ गते चर्चित गायक तथा मोडल रमेश राज भट्टराई, मोडल तथा नृत्यङगाना अनुस्का पौडेल सहितको वेजोड सास्कृतिक प्रस्तुती रहने कार्यक्रम सञ्चालिका उमादेबी खनालले गाउँघरन्यूज लाई जानकारी दिईन ।
उता आयोजक उद्योग वाण्ज्यि संघ जोगबुडाले भोली वाट तेस्रो भित्रीमधेष सांस्कृतिक महोत्सव अवलोकनका लागि आउने दर्षकका लागि टिकटदर घटाईएको जानकारी दिएको छ ।
विद्यार्थीका लागि ३० र अन्यका लागि ७० रुपैया टिकट दर कायम गरीएको उद्योग वाण्ज्यि संघ जोगबुडाका अध्यक्ष जनक बहादुर बोहराले जानकारी दिए ।
तेस्रो भित्रि मधेष महोत्सवको अफिसियल मिडिया रेडियो परशुराम एफ.एम.रहेको छ र प्रतक्ष प्रसारणमा रेडियो जुटेको छ ।

bb

Leave A Reply

Your email address will not be published.