चाईना फाउन्डेसन, पाण्डा प्याक परियोजना र रुडुक द्वारा स्कुल व्याग (झोला) वितरण

पदम जोरा, डडेल्धुरा

ग्रामीण महिला विकास तथा एकता केन्द्र रुडुक र चाईना फाउन्डेसन विचको सयुक्त साझेदारीमा संचालित पाण्डा प्याक परियोजना अन्तर्गत डडेल्धुरा जिल्लाका अमरगढी र परशुराम नगरपालिकाका १४ सामुदायीक बिद्यालयका २२९९, कैलाली जिल्लाको धनगढी उप महानगरपालीकाका का ८ बिद्यालयका २२४६ र कञ्चनपुर जिल्लाको कृष्णपुर र बेल्डाडी नगरपालीकाका ७ वटा बिद्यालयका १४५५ गरी जम्मा २९ सामुदायीक विद्यालयका ६००० वालवालिकालाई झोला वितरण गरेको छ ।
सुदूरपश्चिम प्रदेशको डडेल्धुरा, कैलाली र कञ्चनपुर जिल्लाका २९ वटा आधारभुत र माध्यमिक बिद्यालयहरुका वालवालिकालाई शैक्षिक र स्वास्थ्य सामाग्री सहितको स्कुल व्याग (झोला) वितरण कार्यक्रम सम्पन्न भएको छ ।
शिसु कक्षा देखी कक्षा ८ सम्म अध्ययनरत वालवालिकालाई शैक्षीक तथा स्वास्थ्य सामग्रीहरु सहितको झोला बिभिन्न जिल्लामा रहेका बिद्यालयहरुमा छुट्टा छुट्टै कार्यक्रम आयोजना गरि वितरण गरीएको हो ।
सुदूरपश्चिम प्रदेशका भौतिक योजना तथा पूर्वाधार मन्त्रि प्रकाश देउवा, प्रदेशसभा सदश्य सरस्वती खड्का, अमरगढी नगरपालीका नगर–प्रमुख डिल्लीराज जोशी, परशुराम नगरपालीका नगर प्रमुख भरत वडायर जोशी सहितको उपस्थितीमा हरेक विद्यालयमा झोला वितरण गरीएको हो ।
शिक्षाको गुणस्तर सुधार भए देशमा दक्ष जनशक्ति उत्पादन हुने र राज्यले पनि शिक्षा क्षेत्रको सुधारलाई प्राथमिकतामा राख्नुपर्ने सन्देश प्रवाह होस भनी चाईना फाउन्डेसन संग समन्वय र सहकार्य गरि कार्यक्रम अगाडी बढाइएको रुडुकका संस्थापक अध्यक्ष डा.आरजु राणा देउवा ले गाउँघरन्यूज लाई जानकारी दिए । बिद्यालयमा अध्ययनरत वालवालीकाको शैक्षिक र स्वास्थ्य सुधारमा टेवा पुग्ने र सामुदायीक बिद्यालयहरुको शिक्षण सिकाई क्रियाकलापमा समेत टेवा पुगाउने उद्देश्यले स्कुल व्याग (झोला) वितरण गरिएको चाईना फाउन्डेसनका प्रतिनिधि सुरेश प्याकुरेलले जानकारी दिए ।
कैलाली, कञ्चनपुर र डडेल्धुरा जिल्लाका २९ वटा विद्यालयमा वितरण गरिएको झोलामा बिद्यालयमा अध्ययनरत वालवालिकाका लागि आवश्यक पठन–पाठन शैक्षिक सामग्रीहरु, स्वास्थ्य तथा व्यक्तिगत सरसफाईका सामग्रीहरु र दिवा खाजाका लागी आवश्यक सहयोगी सामग्रीहरु गरी कुल २० वटा सामग्रीहरुको प्याकेज रहेको रुडुक डडेल्धुरा कार्यकारी निर्देशक अमर साउँदले जानकारी दिए ।
स्कुल व्याग (झोला) वालवालिकालाई उपलब्ध गराउनु रुडुक,चाईना फाण्डेशन र पाण्डा प्याक को अभियान समय सापेक्ष र स्वास्थ्य सरसफाई दृष्टीकोण वाट निकै प्रभावकारी रहेको स्थानीय तह प्रमुखहरुको भनाई छ ।

bb

Leave A Reply

Your email address will not be published.