पदम जोरा,डडेल्धुरा
डडेल्धुराको अजयमेरु गाउँपालिकामा जारी जिल्ला स्तरिय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सम्पन्न भएको छ ।
४४ वटा स्र्वण पदक मध्ये परशुराम नगरपालिकाले २३ स्वर्ण , ६ रजत र ७ काश्य पदक जित्दै जिल्ला स्तरिय शिल्ड हात पारेको छ ।
आयोजक अजयमेरु गाउँपालिकाले ११ स्वर्ण, १४ रजत र ७ काश्य जितेर दोस्रो स्थान हात पारेको छ ।
त्यसैगरि ५ स्वर्ण , ५ कास्य र ७ रजत पदक हात पार्दै आलिताल गाउँपालिका तस्रो स्थानमा रहेको छ ।
१३ औं राष्टपति रनिङ शिल्ड प्रतियोगिताका बिभिन्न बिधामा परशुराम ५ को भुवनेश्वरी नमुना माबि र आलिताल ८ को दुर्गा माबि वाट सहभागि खेलाडीले आ–आफ्नो पक्षमा स्वर्ण, रजत र काश्य जिताएका छन ।
जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लाका ७ वटै पालिका वाट छात्र–छात्रा (खेलाडी) छनौट भएका थिए ।
परशुराम नगरपालिका वाट छनौट भएका खेलडीहरुलाई नगर–प्रमुख भरत वडायर जोशीले खादा ओडाई विजयीको शुभकामना सहित डडेल्धुराका लागि विदाई गरेका थिए ।
त्यसै गरि सम्वन्धित विद्यालयले पनि आ–आफ्नो विद्यालयवाट जिल्ला स्तरिय १३ औं राष्टपति रनिङ शिल्डमा सहभागि छात्र—छात्रा लाई विजयीको शुभकामना सहित विदाई गरेका थिए ।
फागुन १२ गते देखी अजयमेरु गाउँपालिकाको वडा.न ३ स्थित खेल मैदानमा प्रतियोगिता सञ्चालन भएकोमा आईतवार प्रतियोगिता सम्पन्न भएको आयोजक अजयमेरु गाउँपालिकाले जनाएको छ ।
परशुराम नगरपालिकाको १३ औं नगर स्तरिय राष्टपति रनिङ शिल्ड प्रतियोगितामा भुवनेश्वरी नमुना माबि सबै भन्दा बढि स्वर्ण जित्दै प्रथम भएको थियो ।
