निर्धन लघुवित्त जोगबुडा द्वारा स्व.हरिहर देव पन्त स्मृति छात्रबृति वितरण

पदम जोरा,डडेल्धुरा

निर्धन उत्थान लघुबित्त संस्था लिमिटेड,जोगबुडा शाखाले प्रत्येक बर्ष आफ्ना ग्राहाक सदस्य मध्येका जेहेन्दार वालवालिकालाई प्रदान गर्दै आएको लघुबित्त पिता स्व. डा.हरिहर देब पन्त स्मृति छात्रवृत्ति बापतको रकम वितरण गरेको छ ।
निर्धन उत्थान लघुबित्त बित्तीय संस्था लि. शाखा कार्यालय जोगबुडा डडेल्धुरा बाट गठन गरिएको महिला समुहको सदस्य शोभा देबिकामी का छोरी गोमती बिक र सुरज साउद लाई आइतबार एक कार्यक्रमका बिच उक्त छात्रबृति वितरण गरीएको हो ।
परशुराम नगरपालिका वार्ड न. १२ का वडा अध्यक्ष माहाबिर कामिको सांयोजकत्वमा भएको एक कार्यक्रम सहित जोगबुडा शाखा प्रबन्धक धनकृष्ण भट्टले उक्त छात्रबृति रकम सेवाग्राहिलाई हस्तान्तरण गरेका हुन ।
उक्त छात्रबृति वितरण कार्यक्रममा बोल्दै जोगबुडा साखा शाखा प्रबन्धक भट्टले निर्धन उत्थानले कर्जा , बचतको मात्रै कारोबार नगरी विभिन्न अनुदान , ब्यवसायिक तालीम , गोष्ठी , बित्तीय सक्षारता कक्षा, उत्कृष्ट उद्योगि ब्यसायी लाई पुरस्कृत, बिमा क्षतिपुर्ती रकम , घातक रोगीलाई आर्थिक सहयोग तथा प्रत्येक बर्ष गरिब असाय पिछडिएका बालबालिकाहरु अध्ययनमा सहयोग स्वरुप छात्रवृत्तिका लागि निर्धन अक्षयकोष समेत स्थापना गर्दै आएको गाउँघरन्युजलाई वताए ।

bb

Leave A Reply

Your email address will not be published.