जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा परशुरामको अग्रता

पदम जोरा,डडेल्धुरा

 

डडेल्धुराको अजयमेरु गाउँपालिकामा जारी जिल्ला स्तरिय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा परशुराम नगरपालिकाको अग्रता कायम रहेको छ ।


४४ वटा स्र्वण पदक मध्ये यो समाचार तयार पार्दा सम्म बिभिन्न १८ बिधा अन्तरगतका खेलमा परशुराम नगरपालिकाले २१ स्वर्ण पदक जित्दै अग्रता कायम राखेको खवर प्राप्त भएको छ ।
अहिले सम्मका हरेक बिधामा भित्रीमधेषको भुवनेश्वरी नमुना माबिका खेलाडीहरुले स्वर्ण जिताएका छन ।

भलिवल बाहेकका अन्य सबै खेलमा भुवनेश्वरी नमुना माबिका छात्र–त्राहरुको प्रदर्षनी उत्कृष्ठ रहेको छ ।
जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लाका ७ वटै पालिका वाट छात्र–छात्रा छनौट भएकाछन ।


परशुराम नगरपालिका वाट छनौट भएका खेलडीहरुलाई नगर–प्रमुख भरत वडायर जोशीले खादा ओडाई विजयीको शुभकामना सहित डडेल्धुराका लागि विदाई गर्नु भएको थिए । त्यसै गरि सम्वन्धित विद्यालयले पनि आ–आफ्नो विद्यालयवाट जिल्ला स्तरिय १३ औं राष्टपति रनिङ शिल्डमा सहभागि लाई विजयीको शुभकामना सहित विदाई गरेका थिए ।
फागुन १२ गते देखी प्रतियोगिता अजयमेरु गाउँपालिकाको वडा.न ३ स्थित खेल मैदानमा प्रतियोगिता जारी रहेको छ ।
परशुराम नगरपालिका स्तरिय १३ औं राष्टपति रनिङ शिल्ड प्रतियोगितामा भुवनेश्वरी नमुना माबि सबै भन्द बढि स्वर्ण जित्दै प्रथम भएको थियो ।

bb

Leave A Reply

Your email address will not be published.