पदम जोरा,
भागेश्वर माद्यमिक विद्यालय परशुराम नगरपालिका वडा.न ३ शिर्षको ६०औं वार्षिकोत्सव तथा अभिवाबक दिवस सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेश वहादुर खवासको अध्यक्षता तथा परशुराम नगपालिकाका नगर–प्रमुख भरत वडायर जोशीको प्रमुख आतिथ्यताका दिवस सम्पन्न भएको हो ।
६० औं वार्षिकोत्सव तथा अभिवाबक दिवस समारोहको बिशिष्ठ अतिथिमा परशुराम नगरपालिकाका निर्वतमान उपमेयर कलावती देबी बोहरा, वडा.न २ का वडा अध्यक्ष रमेश वहादुर बोहरा, वडा.न ८ का वडा अध्यक्ष दिनेस प्रसाद जोशी , रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अम्मर साउँद रहनु भएको थियो ।
विद्यालय सेवा क्षेत्र भित्रका अभिवाबक, शिक्षप्रेमी, राजनतिककर्मी, जनप्रतिनिधी, समाजसेबी, बुद्विजिवीहरुको उल्लेख्य सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नगर–प्रमुख भरच वडाय जोशीले विद्यालयको सर्व पक्षिय समस्याका वारेमा नगर कार्यपालिका वाट छलफल गरि अगाडी वढाउने वताउनु भएको छ ।
विद्यालयको ६० औं वर्षिकोत्सव तथा अभिवाबक दिवसको अवसरमा सोही विद्यालयका शिसु देखी कक्षा ८ सम्मका २२१ जना वालवालिकालाई ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुक डडेल्धुरा र काठमाण्डौंको सुयुक्त आर्थिक सहयोगमा शैक्षिक सामग्री सहितको स्कुल व्याग (झोला) वितरण गरीएको विद्यालयका लेखापाल टंक पनेरुले गाउँघरन्यूज लाई जानकारी दिए
विद्यालयको वार्षिकोत्सव समारोहको अवसरमा विद्यालयका अतिरिक्त क्रियाकलाप, अन्तरदानात्मक हाजिरिजवाफ र सास्कृतिक कार्यक्रम सम्पन्न गरीएका छन ।।
विद्यालयको ६० औ वाषर््िाकोत्सव समारोहको अवसरमा सोही विद्यालयमा लामो समय देख िशिक्षण पेषामा आवद्व रहि प्रधानाध्यापककको जिम्मेवारीमा रहनु भएको निर्वतमान प्रधानाध्यापक रामदत्त मिश्राको विदाई समेत गरीएको हो ।
