पदम जोरा,आलिताल
डडेल्धुराको आलिताल गाउँपालिका–८ डोला स्थित दुर्गा माध्यामिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा धन बहादुर देउवाको चयन भएका छन ।
पटक–पटक विद्यालय सेवा क्षेत्र भित्रका अभिवाबकहरुको आम भेलामा सहमती न जुट्न नसकेको भए पनि अन्तमा वडा.न ८ का अध्यक्ष समेत रहेका धन वहादुर देउवाको पक्षमा सहमती जुटेको विद्यालयका प्रधानाध्यापक नारायण दत्त जोशीले जानकारी दिए ।
शिक्षा ऐन २०२८ को दफा १२ को उपदफा (क) अनुसार देउवा विव्यस अध्यक्षमा चयन भएका हुन ।
अध्यक्ष पदका उमेदवार लोकेश महरा र हर्क बिष्ट बिच सहमति नभए पछि नियमानुसार छनौट भएका बहुमत सदस्ययहरुले देउवालाई चयन गरेको हो। विद्यालय व्यवस्थापन समितिको सदस्यमा लोकेश महरा, हर्क बहादुर बिष्ट, लकिम धामि, कृष्णा राना, सरस्वती थापा, नारायण दत्त जोशि (प्रअ) इन्द्र साउँद (शिक्षक प्रतिनिधि) चयन भएका छन्।
अध्यक्ष देउवाले विद्यालयको शैक्षिक गुणस्तरवृद्धि तथा भौतिक पूर्वाधार विकास लागि आफूले पहल गर्ने बताए।
