शिद्वनाथ मावि  परशुराम ६ चन्दनीको ४८ औं वार्षिकोत्सव सम्पन्न

पदम जोरा,जोगबुडा


श्री शिद्वनाथ माद्यमिक बिद्यालय परशुराम नगरपालिका वडा.न. ६ चन्दनीको ४८ औं वार्षिकोत्सव तथा अभिवाबक दिवस सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष खगेन्द्र वहादुर सिह (ठकुरी) को अध्यक्षता तथा परशुराम नगरपालिकाका नगर–प्रमुख भरत वडायर जोशीको प्रमुख आतिथ्यतामा ४८ औं वार्षिकोत्सव समारोह सम्पन्न भएको हो ।
कार्यक्रमको बिशिष्ठ अतिथिमा परशुराम नगरपालिकाका नगर–उप प्रमुख विमला कुमारी वोहरा महता रहनु भएको थियो ।
अतिथिहरुमा परशुराम नगरपालिका वडा.न ८ का वडा अध्यक्ष दिनेश प्रशाद जोशी, वडा.न ७ का अध्यक्ष कर्ण वहादुर धामी, रहनु भएको थियो ।
विद्यालय सेवाक्षेत्र भित्रका अभिवाबक,राजनैतिककर्मी,समाजसेबी,बुद्विजिवी, जनप्रतिनिधीहरुको उल्लेख्य सहभागितामा दिवस मनाइएको हो ।
४८ औं वार्षिकोत्सव तथा अभिवाबक दिवस समारोहको अवसरमा विद्यालयका अतिरिक्त क्रियाकलाप, अन्तर सदनात्मक खेलकुद, हाजिरिजावाफ , सास्कृतिक कार्यक्रम र राष्ट्रय कलाकार तथा मोडेल झरना बोहराको नृत्य प्रदर्षन गरी दिवस मनाइएको थियो ।
४८ औं वार्षिकोत्सव तथा अभिवाबक दिवस समारोहको अवसर विद्यालयलाई विगत देखी नै बिभिन्न तवर वाट अतुलनीय सहयोग पुगाउने, चन्दादाता, जग्गादाता, सहयोगीहरुलाई दोसल्ला सम्मान–पत्र सहित सम्मान गरीएको छ ।
४८ औं वार्षिकोत्सव कार्यक्रममा समारोहमा बोल्दै कार्यक्रमका प्रमुख नगर–प्रमुख भरत वडायर जोशीले आफुहरुको सिंगो टिम नगरमा जितेर आए पछि, शिक्षामा सबै भन्दा बढि वजेट छुट्याएको र शिक्षा, स्वास्थ्यमा रहेकाले सबै समस्या बिस्तारै हल हुने बताए ।
नगरपालिका नगर प्रमुखले मात्रै शैक्षिक सुधार स्वास्थ्य सुधार र बिकासमा कायापलट हुन नसक्ने भएकाले साकारात्मक सोचका साथ हरेक क्षेत्रवाट सहयोग हुनु पर्ने नगर–प्रमुख जोशीले औल्याए ।

bb

Leave A Reply

Your email address will not be published.