शयाम वोहरा सञ्जु,डडेल्धुरा
डडेल्धुराको परशुराम नगरपालीका वडा.न. ५ परिगाँउ स्थित लामिखालीको १ भैशी गोठमा आगलागि भएको छ ।
वडा.न ५ लामिखालीका प्रसाद गुयालको भैसी गोठमा आगलागि भएको प्रहरीले जनाएको छ ।
भैसी गोठमा भएको आगलागि वाट गुयलाको १ भैसी, २ पाडी,२ गाइ र २ बाच्छी घाईते भएका छन ।
बिहिवार राती ११ वजे तिर गुयलाको गोठमा आगलागि भएको प्रारम्भीक अनुसन्धानमा खुलेको छ ।
स्थानीय र प्रहरीको सकृयतामा आगो नियन्त्रणमा लिइएको थियो भने गोठ पुरा जलेर नष्ट भएको छ ।
उक्त घटनाको खवर पाउना साथँ परशुराम नगर पालिकाका वाट पशुसेवा साखाको टोली घटना स्थल खटीएको घाईते पशुहरुको उपचार भईरहेको पशुसेवा साखा परशुरामका प्रमुख रतन बहादुर भण्डारीले जानकारी दिए ।
भैसीगोठमा आगजनी के कति कारणले भएको भन्ने विषयमा न खुलेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
