पदम जोरा,डडेल्धुरा
परशुराम नगरपालिकाले यही फागुन १५ गते देखी १ महिने लोकसेवा आयोग र शिक्षकसेवा आयोग निःशुल्क तयारी कक्षा सुरु गर्ने भएको छ ।
नगरपालिकाले माघ २७ गतेको मितिमा एक सुचना जारी गरि १८ वर्ष पुरा भई ४० वर्ष उमेर समुहका युवा युवतीलाई निः शुल्क एक महिने शिक्षक सेवा र लोकसेवा आयोग तयारी कक्षा सिकाउन लागेको हो ।
एसईई र प्लस २ उतिर्ण गरि बिभिन्न आयोगको तयारीमा रहेका युवा–युवतीको समस्यालाई मध्यनजर गरि निः शुल्क आयोग तयारी कक्षा सुरु गरेको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले गाउँघरन्यूज लाई जानकारी दिए ।
उत्त आयोग तयारी कक्षावाट थोरै भए पनि वेरोजगारी हटाउन टेवा पुग्ने र बिभिन्न आयोग तयारी गर्नेका लागि बाह्यि जिल्ला तथा शहर केन्द्रीत हुनु पर्ने वाध्यता हट्ने नगर–प्रमुख भरत वडायर जोशीले वताए ।
लोकसेवा र शिक्षक सेवा आयोग तयारी कक्षा लिन फागुन ४ गते फाराम भरेका मध्ये छनौट भएकालाई आईसोलेशसन हलमा फागुन १५ गते वटा कक्षा सञ्चालन गरिने नगरपालिकाले सूचना मार्फत जानकारी गराएको छ । नगरपालिकाले महिला तथा वालवालिका तथा जेष्ठ नागरिक साखाको आयोजनामा आयोग तयारी कक्षा सञ्चालन गरिने साखा प्रमुख वविता थापाले जानकारी दिईन ।
