पदम जोरा,डडेल्धुरा
गत सोमवार चितुवाको आक्रमण वाट घाईते भएका डडेल्धुराकोे आलिताल गाउँपालिका–३ धातडीका ७३ वर्षीय गगन सिंह बोहराको धनगढी स्थित सेति प्रादेशिक अस्पतालमा उपचार भई रहेको छ ।
बोहरालाई सोमबार बिहान करिब ११ बजे समैजी सामुदायिक वनमा चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो ।
चितुवाको आक्रमण वाट घाईते बोहराको टाउकोमा गम्भीर चोट लागेको थियो बोहराको स्वास्थ्य अवस्था सुधार भई रहेको परिवार श्रोतले जनाएको छ ।
बोहराको स्वास्थ्य अवस्था बुझ्नका लागि नेकपा एमालेका युवा नेता तथा बोहराका आफन्त मदन धामी (कुशल) सहितको टोली अस्पताल पुगेको छ ।
वोलन्याथली शुदुरपश्चिमका संरक्षक यादवजोशी, वल बहादुर महरा सहितको टोली उहाँको स्वास्थ्य अवस्था बुझ्न पुगेका हौं, मदन धामी (कुशल) जानकारी दिए ।
धामीले गाउँघरन्यूजलाई भने उहाँको टाउँको चोट छ, आर्थिक अवस्था लाई मध्यनजर गरि स्थानीय सरकारले सहयोग गर्नु पर्ने बताए ।
