शैलेश्वरी माबि तुलाभाडी द्वारा स्कुल व्याग वितरण : निर्वतमान मेयर प्रति धन्यवाद ज्ञापन

पदम जोरा,डडेल्धुरा

शैलेश्वरी माद्यमिक बिद्यालय परशुराम नगरपालिका वडा.न १२ ले विद्यालयको ३४ औं वार्षिकोत्सव तथा अभिवाबक दिवसको अवसरमा स्कुल व्याग वितरण गरेको छ ।
विद्यालयका अनाथ, टुहुरा, असाय वालवालिका लाई स्कुल व्याग वितरण गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिना कामीले जानकारी दिनु भएको छ ।
परशुराम नगरपालिकाका निर्वतमान मेयर तथा काँग्रेस डडेल्धुराका सभापती भीम बहादुर साउँदले शैलेश्वरी माबिमा स्थापना गरेको १ लाख रुपैया वरावरको अक्ष्यकोषको व्याजवाट स्कुल व्याग (झोला) विद्यालयका जेहेन्दार, टुहुरा र अनाथ वालवालिकालाई वितरण गरिएको अध्यक्ष हरिना कामीले गाउँघरन्यूज लाई जानकारी दिईन ।


निर्वमान परशुरामका मेयर, काँग्रेस डडेल्धुराका सभापती भीम बहादुर साउँदले आफ्नो ५ वर्षे कार्यकालमा व्यक्तिगत तर्फवाट डडेल्धुरा जिल्ला र परशुरामका अधिकान्स संस्थागत र सामुदायिक विद्यालयमा १ लाख ५० हजार, १ लाख र ५५ हजारका दरले अक्ष्यकोष स्थापना गरेका थिए ।

फागुन ११ गते शैलेश्वरी माद्यमिक विद्यालय तुलाभाडीको प्राङग्रणमा विव्यस अध्यक्ष हरिना कामीको अध्यक्षता तथा परशुराम गरपालिकाका नगर–प्रमुख भरत वडायर जोशीको प्रमुख आतिथ्यतामा ३४ औं वार्षिकोत्सव दिवस मनाइएको हो ।
समारोहको बिशिष्ठ अतिथिमा परशुराम नगरपालिकाका उप–प्रमुख विमला कुमारी बोहरा महता रहनु भएको थियो ।
अतिथिीहरुमा परशुराम नगरपालिकाका नगर–प्रवक्ता खगेन्द्र बहादुर सिह , वडा.न १२ का वडा अध्यक्ष महाबीर कामी, वडा.न ८ का वडा अध्यक्ष दिनश प्रशाद जोशी रहनु भएको थियो ।
सोही अवसरमा स्कुल व्याग झोला वितरण गरीएको विद्यालयका प्रअ.नरेश बिष्टले जानकारी दिए ।
विद्यालयसेवा क्षेत्र भित्रका अभिवाबक,छिमेकी विद्यालयका प्रअ.तथा अभिवाबक ,विव्यस अध्यक्ष पदाधीकारी, समाजसेबी,बुद्विजिवीहरुको उल्लेख्य सहभागितामा दिवस सम्पन्न भएको हो ।

bb

Leave A Reply

Your email address will not be published.