पदम जोरा,डडेल्धुरा
शैलेश्वरी माद्यमिक बिद्यालय परशुराम नगरपालिका वडा.न १२ को ३४ औं वार्षिकोत्सव तथा अभिवाबक दिवस समारोह सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिना कामीको अध्यक्षता तथा परशुराम नगरपालिकाका नगर–प्रमुख भरत वडायर जोशीको प्रमुख आतिथ्यतामा ३४ औं वार्षिकोत्सव समारोह सम्पन्न भएको हो ।
समारोहको बिशिष्ठ अतिथिमा परशुराम नगरपालिकाका उप–प्रमुख विमला कुमारी बोहरा महता रहनु भएको थियो ।
अतिथिीहरुमा परशुराम नगरपालिकाका नगर–प्रवक्ता खगेन्द्र बहादुर सिह , वडा.न १२ का वडा अध्यक्ष महाबीर कामी, वडा.न ८ का वडा अध्यक्ष दिनश प्रशाद जोशी रहनु भएको थियो ।
विद्यालयसेवा क्षेत्र भित्रका अभिवाबक,छिमेकी विद्यालयका प्रअ.तथा अभिवाबक ,विव्यस अध्यक्ष पदाधीकारी, समाजसेबी,बुद्विजिवीहरुको उल्लेख्य सहभागितामा दिवस सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक नरेश विष्टले जानकारी दिनु भयो ।
विद्यालयको आर्थिक, भौतिक, तथा वार्षिक प्रगती प्रतिवेदन विद्यालयका प्रधानाध्यापक नरेश विष्टले अभिवाबक समक्ष प्रस्तुत गरेका छन ।
कयांैन समस्या ,चुनौती र सम्भावनाका सहित विद्यालय कक्षा १० सम्म सञ्चालनमा रहेको छ ।
करिब १३ रोपनी बिद्यालयको जमिन रहेको र १ जना स्थायी र अन्य नगर, वालविकास, करार, राहत र निजीस्रोत शिक्षकहरुको लगनशिलतामा विद्यालय सञ्चालन रहेको प्रतिवेदन पाईएको छ ।
कार्यक्रमका प्रमुख अतिथी तथा परशुराम नगरपालिकाका नगर–प्रमुख भरत वडायर जोशीले नगर भित्रको सदरमुकाम नजिकैको विद्यालयको समस्या मनन गरेको के कसरी विद्यालयको सर्वपक्षिय समस्या समाधान गर्न ध्यान केन्द्रीत भएको बताए ।
आफुहरु निर्वाचित भएको झण्डै १० महिना पुगेको र धेरै यहाँका समस्या, चुनौती सम्भावना संग परिचित भएको भए पनि अझै गहिरिएर अध्ययन वाकि रहेको छ ।
सबैको सल्लाह ,सुझाव र सहकार्यमा परशुरामको शैक्षिक गुणस्तरमा नगर सरकार दत्तचित भएको धारणा प्रमुख अतिथी जोशीले व्यक्त गरे ।
शिक्षा र स्वास्थ्य नगरपालिकाको मुख्य प्राथमिकतामा छन , विकास निर्माण भन्दा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा हाम्रो ध्यान केन्द्रीत छ ।
शैलेश्वरी माबिका पनि कयौन समस्या छन, शिक्षक दरवन्दी, खेलमैदान, बालमैत्री सौचालय, खेलकुद सामग्र्री यि सबै क्रमःसुधारमा ल्याईने उहाँले वताए ।
कार्यक्रममा विशिष्ठ अतिथी, अतिथीहरुले विद्यालयको सर्वपक्षिय बिकास र दिवस सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
३४ औं वार्षिकोत्सवको अवसरमा परशुराम नगरपालिकाका निर्वमान मेयर तथा काँग्रेस डडेल्धुराका सभापती भीम बहादुर साउँदले उक्त शैलेश्वरी माबिमा स्थापना गरेको १ लाख रुपैया वरावरको अक्ष्यकोषको व्याजवाट झोला खरिद विद्यालयले जेहेन्दार, टुहुरा र अनाथ वालवालिकालाई वितरण गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिना कामीले गाउँघरन्यूज लाई जानकार दिईन ।
निर्वमान परशुरामका मेयर काँग्रेस डडेल्धुराका सभापती भीम बहादुर साउँदले आफ्नो ५ वर्षे कार्यकालमा व्यक्तिगत रुपमा डडेल्धुरा जिल्ला र परशुरामका अधिकान्स संस्थागत र सामुदायिक विद्यालमा १ लाख ५०हजार, १ लाख र ५५ हजारका दरले अक्ष्यकोष स्थापना गरेका थिए ।
