पदम जोरा,आलिताल
डडेल्धुराको आलिताल गाउँपालिका वडा.न २ र्पुख्यौली घर भई हाल काठमाडौंमा कर्मथलो बनाउदै आएका काँग्रेस युवा नेता जित वहादुर मडैले आफ्नो र्पुख्यौली थलो आलिताल २ को उणिकोट माबि लाई १ लाख ११ हजार १ सय ११ रुपैया आर्थिक सहयोग गरेकाछन ।
नेपाल निजामती कर्मचारी संघका महा–सचिव र कार्यबाहक अध्यक्ष समेत रहेका काँग्रेस डडेल्धुराका क्षेत्रीय प्रतिनिधि मडैले विद्यालयको ६३ औं वार्षिकोत्सव तथा कक्षा ११–१२ पठन–पाठन सुरु गरेकोमा विद्यालयलाई आर्थिक सहयोग गरेको वताए ।
विद्यालय व्यवस्थापन समिति तथा वडा.न २ का अध्यक्ष प्रमोद मल्ल र स्थानीय अभिवाबकहरुको अथक प्रयासवाट उणिकोट माबिमा कक्षा १२ पढाई सञ्चालन भएकाले र्दुगम बस्तीका अभिवाबकका नानिवाबुहरुले उच्च शिक्षा आर्जन गर्ने अवसर पाएको उनले थपे ।
विद्यालयको सर्वपक्षिय विकासका लागि यो अभियानमा हामी सबैले सहयोग गर्नु पर्छ र यो हामी सबैको जिम्मेवारी पनि हो । ‘मैले पनि आफ्नो गक्ष अनुसार विद्यालयलाई आर्थिक सहयोग गरेको हु’। मैले शिक्षा आर्जन गरेको उणिकोट माविले ६३औं वार्षिकोत्सव तथा अभिवाबक दिवस समारोह मनाएको छ । स्थानीय,प्रदेस र केन्द्र सरकारले विद्यालयको आर्थिक अवस्था मजवुद पार्नका लागि हातेमालो गरि अगाढी बढ्नु पर्ने उनले सुनए ।
मडै संगै विद्यालयको ६३ औं वार्षिकोत्सव तथा अभिवाबक दिवस समारोहको अवसरमा निर्माण व्यवसायी महा संघका केन्द्रीय उपाध्यक्ष प्रकाश सेटीले आफ्ना स्व.बुवा मधन सेटीको नामवाट १५ लाखको अक्षयकोष स्थापना गरेको उडिकोट माबि का प्रधानाध्यापक मदनसिह साउँद जानकारी दिए ।
यसै गरि पशुराम नगरपालिकाका नगर–प्रमुख भरत वडायर (जोशी) को वुवा निर्माण व्यवसायी चन्द्रकान्त वडायर (जोशी) ले पनि उक्त विद्यालयमा १ लाख ११ हजार, १ सय ११ रुपैयाको अक्षयकोष स्थापना गरेको अध्यक्ष प्रमोद मल्लले गाउँघरन्यूज लाई जानकारी दिए ।
