रुपा नेपाली
डडेल्धुरा जिल्ला कै पुरानो विद्यालय अशिग्राम माद्यमिक विद्यालय भागेश्वर २ रुपालको ६८ औं वार्षिकोत्सव तथा अभिवाबक दिवस समारोह उदघाटन भएको छ ।
विद्यालय व्यवस्थापन समिति जेष्ठ सदस्य गोपी भारतीको अध्यक्षता तथा भागेश्वर गाउँपालिका अध्यक्ष हेमराज चटौतको प्रमुख आतिथ्यतामा दिवस उद्घाटन भएको विद्यालयका प्रधानाध्यापक तारिसिंह जोराले गाउँघरन्यूजलाई जानकारी दिए ।
विद्यालयको वार्षिक प्रतिवेदन, झण्डोतलन स्वागत तथा शुभकामना मन्तव्य सहित अन्य बिबिध विद्यालयका अतिरिक्त र सास्कृतिक कायृक्रमका साथ विद्यालय सेवा क्षेत्र भित्रका अभिवाबकहरुको उल्लेख्य सहभागितामा दिवस मनाइएको छ ।
विद्यालयको ६८ औं वार्षिकोत्सव समारोह लाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष हेमराज चटौतले अशिग्राम माबि रुपालको गरिमा निकै ठूलो र विद्यालयको ईतिहास पनि गौरविलो रहेको सुनाए ।
२०११ सालमा स्थापना भएको यस विद्यालयले ६८ वर्ष सम्म कयौन दक्ष जनशक्ति राज्यको हरेक निकायमा पुगाएको छ ।
शिक्षाको लगानी छिट्टै न देखीने सुनाउदै उहाँले भन्नु भयो यस विद्यालयका साख जोगाई राख्नका लागि सबै क्षेत्र र सबै व्यक्तिको साकारात्मक सोच , रचनात्मक सहयोग हुनु पर्छ ,।
यस विद्यालयको भौतिक पुर्वाधार, जमिन, शैक्षिक वातावरण प्रसस्त छ , यो पुरानो विद्यालयमा अहिले प्लस–टु पठन–पाठन भई रहेको छ ।
अझै समय सापेक्षा यस विद्यालयमा व्यवसायीक, व्यवहारिक प्राबिधिक शिक्षा पठन –पाठन गर्न सके यो विद्यालयको गरिमा राष्ट्र र अन्तराष्ट्रमा पुग्ने उहाँले वताए ।
मै सुने यस क्षेत्रका शिक्षाप्रेमीहरुको प्रयासमा अशिग्राम मावि लाई क्याम्पस सञ्चालनको प्रयास भई रहेको छ,
यस अभियानमा म व्यक्तिगत र गाउँपालिका पनि पुर्ण समर्थन रहेको अन्तमा ‘उनले थपे ।
