पदम जोरा,डडेल्धुरा
महाशिबरात्री पर्व देश भर धुम धामका साथ शिवको पुजा आराधना भजन कृतन जाग्राम सहित मनाइदैछ
देशैभरका शिब मन्दिर तथा शिवालयहरुमा दिन भर भक्तजनको घुईचो थियो भने, आज राति भत्तजन शिव कृतन भजनमा व्यस्त छन ।
यता डडेल्धुराको भित्रीमधेष क्षेत्र आलिताल गाउँपालिका वडा.न. ८ को श्यालचौडी मन्दिरमा धुमधामका साथ शिवरात्री पर्व मनाइएको छ ।
बिहान ४ वजे देखी श्यालचौडी मन्दिरमा पुजा गर्ने भक्तजनहरुको घुईचो रहेको क्षेत्र विकास समितिले जनाएको छ ।
दिउसोको समयमा उक्त क्षेत्रमा भक्तजनहरुले भरि भराउ र झकि झकाउ थियो ।
स्यालचौडी मन्दिर व्यवस्थापन समिति र सरगम कला केन्द्र जोगबुडाको आयोजनामा आलिताल गाउँपालिकाको आर्थिक सहयोगमा धार्मीक भजन,गाथा सहितको सास्कृतिक कार्यक्रमको उक्त क्षेत्रमा मनाइएको छ ।
स्यालचौडी मन्दिर प्राङगणमा आलिताल गाउँपालिका उपाध्यक्ष मञ्जु रावल वोहराको प्रमुख आतिथ्यतामा सास्कृतिक कार्यक्रम सम्पन्न भएको क्षेत्र बिकास समितिले जनाएको छ ।
त्यसै गरि परशुराम नगरपालिकाका बिभिन्न वडामा रहेका शिब मन्दिरमा पनि भजन, कृतन, पुजा आराधना सहित शिबरात्री पर्व धुमधामका साथ मनाइएको छ ।
वडा.न १ को बणिगणा शिवधाममा दिन भर पुजा आराधना र भजन कृतन जारी रहेको स्थानीय केशवराज अवस्थीले वताए ।
यता वडा.न १२ को शिद्वनाथ मन्दिरमा पनि शिवको पुजा आराधना सहित भजन कृतन सञ्चालन भई रहेको शिद्वनाथ क्षेत्र बिकास समिति अध्यक्ष दल वहादुर साउँदले जानकारी दिए ।
परशुराम नगरपालिका वडा.न ६ वडा.४ को भागेश्वर मन्दिर लटेरोडा, वडा.न १० को कौछाणीमा पनि शिव भगवानको पुजा आराधना सहित शिवरात्री मनाइएको खवर प्राप्त भएको छ ।
चन्द्रमासको १४ औं रात वा औँसी भन्दा एक दिन अगाडिको रातलाई शिवरात्रि भनिन्छ ।
एक वर्षमा १२–१३ शिवरात्रिहरू पर्छन्, जसमध्ये माघ (वा फाल्गुन) मा पर्ने शिवरात्रिलाई महाशिवरात्रि भनिन्छ ।
यस शिवरात्रिलाई आध्यात्मिक दृष्टिले सबैभन्दा बढी महत्त्वपूर्ण मानिन्छ । यस रातमा, उत्तरी गोलार्धमा ग्रहहरू विशेष अवस्थामा हुन्छन्, जसले गर्दा मानिसमा ऊर्जाहरू स्वतः माथितिर जान्छन् ।
यो यस्तो रात हो, जब प्रकृतिको शक्तिले व्यक्तिलाई आध्यात्मिक शिखरतर्फ धकेलिरहेको हुन्छ । यसैको उपयोग गर्नको लागि, यस परम्परामा हामीले एउटा विशेष उत्सव मनाउन थलिएको थियो, जुन रातभरि चल्दछ ।
आध्यात्मिक मार्गमा हिँड्ने साधकहरूका निम्ति महाशिवरात्रि निकै महत्वपूर्ण हुन्छ ।
शिवरात्रिको महत्व
अन्धकारले सबैथोक ढाकेको हुन्छ, यो जताततै हुन्छ । अपरिपक्व दिमागहरूले अन्धकारलाई सदैव दानव वा राक्षसको रूपमा प्रस्तुत गरेका छन् । तर, जब तपाईं चैतन्यलाई सर्वत्र फैलिएको भनेर व्याख्या गर्नुहुन्छ, तपाईं अवश्य नै दिव्यलाई अन्धकार भनिरहनु भएको हुन्छ, किनकि अन्धकार मात्रै सर्वत्र–व्याप्त हुन सक्दछ । यो जताततै हुन्छ । यसलाई कसैको पनि सहारा चाहिँदैन । प्रकाश सधैँ यस्तो स्रोतबाट आउँछ, जसले आफैँलाई जलाउँछ । यसको शुरु र अन्त्य हुन्छ । यो सधैँ सीमित स्रोतबाट आउँछ । अन्धकारको कुनै स्रोत हुँदैन । यो आफैँमा स्रोत हो । यो सर्वत्र–व्याप्त हुन्छ, सर्वव्यापी हुन्छ, जताततै उपस्थित हुन्छ । अतः जब हामी शिव भन्छौँ, त्यो अस्तित्वको विशाल खालीपन हो । यही विशाल खालीपनको काखमा सम्पूर्ण सृष्टि घटिरहेको छ । खालीपनको त्यस काखलाई हामी “शिव” भन्छौँ ।
महाशिवरात्रि— चैतन्य जागृति को रात
महाशिवरात्रि एउटा अवसर वा सम्भावना हो— प्रत्येक मनुष्यभित्र हुने त्यो विशाल शून्यताको सम्पर्कमा आउन वा त्यसलाई अनुभव गर्न । त्यही विशाल शून्यता वा खालीपन, जुन सम्पूर्ण सृष्टिको स्रोत हो । एकतर्फ शिवलाई संहारक वा विनाशक भनिन्छ, जबकि अर्कोतर्फ, उनलाई अत्यन्तै करुणामयी भनेर चिनिन्छ । उनलाई महान् दाता समेत भनिन्छ ।
