पाचौंं डडेल्धुरा महोत्सव सुरु, डा.आरजु राणा देउवा द्वारा उदघाटन

पदम जोरा,डडेल्धुरा

 

पाचौं संस्करणको डडेल्धुरा महोत्सव सुरु भएको छ । डडेल्धुरा उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवको प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवाले उदघाटन गर्नु भएको हो ।


महोत्सवको उदघाटन गर्दै उनले डडेल्धुराको समग्र विकासका लागि स्थानीय उत्पादनको बजारीकरण र यहाँ पर्यटकीय क्षेत्रको प्रवद्र्धन आवश्यक रहेको बताइन् । ‘डडेल्धुरा कला, सस्कृतिको निकै धनी क्षेत्र हो,’ उनले भनिन्, ‘यहाँको सस्कृतिलाई जोगाउन यि यस्ता मेला महोत्सव अपरिहार्य छन ।’ उनले डडेल्धुरामा मेडिकल कलेज सञ्चालन र सदरमुकामको सडक विस्तार गर्न पनि प्रक्रिया अगाडि बढेको बताइन् ।
कार्यक्रमका विशिष्ट अतिथी सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले डडेल्धुराको विकासका मुख्य मुद्वामा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र सांसद आरजु राणा देउवाले नै अग्रसरता लिएको बताए ।


जिल्ला र समग्र प्रदेशको विकासका लागि सुदूरपश्चिम सरकार पनि प्रतिवद्व रहको उनको दाबी थियो । आयोजक उद्योग वाणिज्य संघका अध्यक्ष द्विजराज भट्टले डडेल्धुराको विकासका लागि मेडिकल कलेज, विमानस्थल, सडक विस्तार लगायतका योजना छिट्टै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा संविधानसभा सदस्य ज्ञानु गैरे, प्रदेशसभा सदस्य डा. तारा जोशी, सरस्वती खड्का, अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशी, प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपान,काँग्रेस डडेल्धुरामा सभापती भीम बहादुर साउँद लगायतले शुभकामना मन्तव्य राखे ।
फागुन ४ गते देखि सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय कृषि, पर्यटन, कला, संस्कृति खेलकुद तथा औद्योगिक व्यपार मेला एवं ५ औं डडेल्धुरा महोत्सव फागुन १४ गते सम्म सञ्चालन हुने आयोजक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिपक महताले गाउँघरन्यूज लाई जानकारी दिए ।
आयोजकका अनुसार महोत्सवमा गायीका पूर्णकला बिसी, रचना रिमाल, ज्योती मगर, गौरी भट्ट, गायक टंक तिमिल्सिना, पुष्कल शर्मा, अर्जुन कौसल, रामजी खाण, खुमन अधिकारी, रमेशराज भट्टराई, सुधिर जैरु, भोजराज भट्ट, रमेश मल्ल र सुप्रिम मल्ल आउने तय भएको छ । यस्तै कलाकार राजा राजेन्द्र पोखरेल, रुविना अधिकारी, खन्टे खलास, भीम बिष्ट (अछामी रेखा)को पनि महोत्सवमा प्रस्तुती रहने आयोजक उद्योग वाणिज्य संघले जनाएको छ ।
संघका वरिष्ठ उपाध्यक्ष महताले महोत्सवमा झण्डै १ सय ५० स्टल राखिएको जानकारी दिँदै भने, ‘स्थानीय कला, संस्कृतिसंगै पुरात्वतिक क्षेत्रको प्रदर्शनी पनि भइरहेको छ । स्थानीय उत्पादनसंगै कृषि उपजको प्रदर्शनी पनि राखिएको छ भने रमाइलो मेला पनि छ ।’ महोत्सव आयोजना गर्दा झण्डै ७२ लाख खर्च हुने अनुमान गरिएको छ भने डेढ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । यस्तै ५ करोडको महोत्सव अवधिमा कारोबार हुने पनि अनुमान गरिएको आयोजक डडेल्धुरा उद्योग वाणिज्य संघले जनाएको छ ।

bb

Leave A Reply

Your email address will not be published.