डडेल्धुराको उग्रतारा वेद विद्याश्रमलाई आर्थिक संकट

यो आश्रममा हाल १६ जना विद्यार्थी अध्ययनरत छन् । समितिसाग अन्य वैकल्पिक स्रोत नभएकाले बिद्या आश्रम सञ्चालनमा आर्थिक संकट आइपरेको जनाएको छ ।

बटुकहरुले वेदका ऋचा यसरी वाचन गर्न थालेको एक वर्ष भएको छ । हरेक दिन बिहान सबेरै यिनीहरुले यसरी नै उग्रतारा मन्दिर छेउमा वेद र रुद्रीका ऋचा वाचन गर्ने गर्छन् । वेद पाठ, रुद्री, हवन, भागवत गीता पाठ पारायण र जिल्ला हुने विभिन्न कार्यक्रममा शान्ति पाठका लागि पनि यी बटुकहरुलाईनै बोलाउने गरिएको छ ।
उग्रतारा वेद बिद्याआश्रम स्थानीयको पहलमा जेनतेन चलिरहेको छ । स्थानीयले गुरुको मासिक तलब, विद्यार्थीका लागि दैनिक उपभोग्य वस्तु सबै दान दिएर सञ्चालन गरिरहेका छन् । यो आश्रममा हाल १६ जना विद्यार्थी अध्ययनरत छन् । स्थानीय तहहरुले शिक्षामा ठुलो रकम खर्च गर्दै आइरहेका भए पनि यो बिद्या आश्रम सञ्चालनका लागि भने अहिलेसम्म उनीहरुले कुनै सहयोग नगरेको उग्रतारा वेद विद्याश्रमले जनाएको छ ।

उग्रतारा क्षेत्र विकास समितिले एक वर्षदेखि विभिन्न व्यक्तिको सहयोगमा वेद, पुराण आदि पूर्वीय शास्त्र अध्ययन गराउन बिद्या आश्रम सञ्चालन गरेको हो । समितिसाग अन्य वैकल्पिक स्रोत नभएकाले बिद्या आश्रम सञ्चालनमा आर्थिक संकट आइपरेको जनाएको छ ।

आर्थिक समस्या बढ्दै गएमा बिद्या आश्रमलाई निरन्तर सञ्चालन गर्न कठिनाइ हुने समितिले जनाएको छ । आश्रम बन्द भएमा विद्यार्थीको भविष्य पनि अन्यौलमा पर्नेछ । त्यसैले, पूर्वीय वाङ्मयको पठनपाठनमा सक्रिय देखिएको यो बिद्या आश्रमलाई सुचारु रुपले सञ्चालन गर्न स्थानीय सरकारले सहयोग गर्ने कि ?

bb

Leave A Reply

Your email address will not be published.