चन्द्रा खत्री ,आलिताल
डडेल्धुराको आलीताल गाउँपालीका वडा नं. २ ले वडा वाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । साबिकको गांखेत गाबिस वाट आलितालको गोदाम नविल बैंक रहेको ठाउँ सम्म जेष्ठ नागरिकरुलाई सुरक्षा, यातायात र खर्चीलो हुने भएकाले वडा वाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको वडा.न २ का वडा अध्यक्ष प्रमोद मल्लले गाउँघरन्यूज लाई वताए ।
मंगलवार एक कार्यक्रमका विच वडा न.२ र १ जेष्ठनागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको ऊनले जानकारी दिए ।
उनले भने, ‘समय आउछ पर्खीनु पर्छ हामीले जनता लाई चुनावपुर्व दीएको वचन पूरा गरेका छौं ।”
आज भन्दा पहिले वडा.न १ र २ का जेष्ठ नागरिकहरु सामाजीक सुरक्षा भत्ता बुझ्न नबील बैंक आलीताल धाउनु पर्ने र घण्टौ लाईनमा बस्नु पर्ने बाध्यता टरेको १ जना जेष्ठ नागरिकहरुले सुनाए ।
विशेश गरि भत्ता प्राप्त गर्ने जेष्ठ नागरिकहरुको समस्यालाई आफुहरुको वडा वाटै भत्ता वितरण गर्न लागेको मल्लले जानकारी दिए ।
