मेरो पहिलो लक्ष्य शैक्षिक गुणस्तर कायम गर्ने हो : हरिना कामी

पदम जोरा,डडेल्धुरा

परशुराम नगरपालिका वडा.न. १२ स्थित शैलेश्वरी माद्यमिक बिद्यालय तुलाभाडीकी नवर्निवाचित विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरीना कामीले परशुराम नगरपालिकाको शैक्षिक सुधारका लागि कुनै कसर वाकी नराख्ने वताएकीछन ।
नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधी तथा काँग्रेस पार्टीवाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा परशुराम नगरपालिका वडा.न १२ की वडा सदस्य अर्थात जनप्रतिधिको अनुभव वटुलेकी हरीना कामीले सो जानकारी दिएकी हुन ।
विद्यालय सेवा क्षेत्र भित्रका अभिवाबकहरुको आम भेलाले उनलाई अध्यक्षमा सर्व सम्वत चयन गरेको हो ।
मंसिर १९ गते उहाँको अध्यक्षमा पहिलो बैठक बसेको र जसरी भएपनि पहिलो शैलेश्वरी माद्यमिक विद्यालयको शैक्षिक सुधारमा पहल चाल्ने उनले वताईन ।
कहाँ कुन क्षेत्रमा धाउनु पर्छ आफ्नो बुद्विविबेकले शैक्षिक सुधारमा पहल गर्ने उनले गाउँघरन्यूजलाई वताईन ।
पछिल्लो समयमा बढ्दो प्रबिधिको दुरुपयोग, अभिवाबकको उदासिशनता, परिक्षा र कक्षा उन्नतीको प्रणालीका कारण शेक्षिक स्तर खस्कदै गएको तर्क उनले राखिन ।
अव छिट्टै विद्यालय सेवा क्षेत्र भित्रका अभिवाबकहरुवाट सुझाव संकलन गर्ने सोही अनुसार शैक्षिक सुधारका कार्यक्रम अगाडी बढाईने उनले वताईन ।
वडा.न १२ को सदरमुकाम र सडक छेउको विद्यालय समेत रहेकाले पनि शैलेश्वरी माविलाई हरेक क्षेत्रवाट सवल र सक्षम वनाउने मेरो दृढसंकल्प उनले वताएकी छन ।
मलाई अभिवाबकले दिएको जिम्मेवारी पुरा गर्ने र भोलीका कर्णाधार नानी वाबुहरुको उज्वल भविश्यका लागि पहल गर्ने उहाँले जानकारी दिईन ।
विद्यार्थी, शिक्षक, अभिभावक बीच अन्तक्रिया कार्यक्रम, सञ्चारका माध्यम वाट रेडियो पाठशाला कक्षा, ज्ञानवाटिका कार्यक्रम सञ्चालन गरि विदालयको शैक्षिक सुधार गर्ने र हरेक विद्यालयका प्रभावकारी सूचनाहरु पारदर्षि गरीने उनले जानकारी दिईन ।
सम्भवतह माद्यमिक बिद्यालयमा म पहिलो महिला अध्यक्ष छु होला जसरी भए पनि शिक्षाको सुधार गर्ने उनले वताईन ।

bb

Leave A Reply

Your email address will not be published.