पदम जोरा,डडेल्धुरा
डडेल्धुरा जिल्ला भागेश्वर गाउँपालिकाको पुरानो बस्ती रुपाल हुदै परशुराम जोड्ने र्दुत सडक खण्ड सुचारु भएको छ ।
आईतवार उक्त सडकखण्ड सुचारु भई गाडि गुडेको खवरले सर्वत्र खुसी छाएको छ ।
उक्त सडक र्दुत मार्ग सुचारु हुदाँ भागेश्वर र परशुरामको धार्मीक, सास्कृतिक, राजनतिक नाता र पारिवारिक नाता, सम्बन्ध मजवुद भएको लेकुणाका स्थानीय रामदत्त जोशीले वताए ।
सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा पाचौं पटक प्रधानमन्त्री भए लगत्तै उक्त सडक खण्डमा वजेट विनियोजन भएको र आफुहरुले पनि उक्त सडक सुचारुका लागि वजेट विनियोजन गरेको भागेश्वर गाउँपालिकाका निर्वमान अध्यक्ष कौशिला कुमारी भट्ट र परशुराम नगरपालिकाका निर्वतमान मेयर भीमबहादुर साउँदले गाउँघरन्यूज लाई जानकारी दिए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा उमेदवार हुदाँ आफुहरुले परशुराम र भागेश्वरको धार्मीक, ऐतिहासिक नाता सम्वन्ध प्रगाढ वनाउन र छिमेकी जिल्ला बैतडीको तल्लो स्वराडका नागरिकलाई कञ्चनपुर जिल्ला आवत–जावतमा सहजता ल्याउन उक्त सडक सुचारुमा बिशेस पहल चालेको साउँद र भट्टको भनाई छ । सोही अनरुप सडक निर्माण कार्य अगाडी बढाइएको थियो । २०७६ साल यता करिब २ वर्ष कोरोनाका कारण तिब्र गतिमा काम हुन नसकेको उहाँहरुको सयुक्त धारणा छ ।
पटक–पटक निर्माण व्यवसायीलाई छिटो निर्माण सम्पन्न गर्न निर्देशन दियौं, भागेश्वर गाउँपालिका र परशुराम नगरपालिका वाट सहमति अनुसार सो सडकमा वजेट विनियोजन गरिएको थियो, निर्वतमान परशुरामका मेयर भीमबहादुर साउँदले वताए ।
भागेश्वर गाउँपालिकाको वडा.न २ र परशुराम नगरपालिका वडा.न. ३ (चौड) दुई वटै पालिकाको सिमा क्षेत्र हो ।
भागेश्वर गाउँपालिकाको वडा.न २ गुयला सम्म सडक निर्माण भइ सकेको भए पनि परशुराम नगरपालिकाको वडा.न ३ चौड सम्मको सडक निर्माण भएको थियो तर सरसफाईमा ढिलो भएको हो ।
सडक निर्माणको जिम्मा पाएका ठेकेदारको लापरवाहीले परशुराम वाट सडक सुचारुमा ढिलो भएको स्थानीयहरुले जानकारी दिए । हाम्रो चाहना छिट्टै रुपाल र परशुराम सडक सुचारु भएको हेर्ने रहर थियो उहाँहरुले वताए ।
स्थानीय, परशुराम नगरपालिकाको दवावका कारण आईतवार सडक वा उक्त सडक सफाई भई सुचारु भएको परशुराम नगरपालिका वडा.न ३ का वडा अध्यक्ष नरेश बहादुर खवासले जानकारी दिए ।
उनले भने, पटक–पटक ठेकेदारलाई गुहार गरेका थियौं, कहिले ईन्धनको अभाव र कहिले चाडपर्व र चुनावको वाहनामा ठेकेदारले ढिलो गरेको थियो आईतवार वाट सडक सुचारु भएको छ ,
आईतवार डडेल्धुराको भागेश्वर गाउँपालिका रुपाल वाट शूदुरपश्चिम प्रदेश ११५२ नम्बरको जिप महेन्द्रनगर कञ्चनपुर पुगेको हो ।
उक्त जिप, सवारी चालक र सवारीधनी शुरेतदत्त जोशीलाई महेन्द्रनगरमा भव्य भागेश्वरका रुपालीहरुले भव्य स्वागत गरेकाछन ।
