जोगबुडा अस्पतालमा मनाईयो ३५औं विश्व एड्स दिवस

पदम जोरा,डडेल्धुरा

एड्स अन्त्यका लागि समानताको शुनिश्चतता भन्ने मुल नाराका साथ ‘३५ औं बिश्व एड्स दिवस’ बिहिवार डडेल्धुराको परशुराम –१२ जोगवुडा अस्पतालमा मनाईएको छ ।
परशुराम नगरपालिका वडा.न १२ का वडा अध्यक्ष महाबिर कामीको अध्यक्षता तथा स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशरवहादुर साउँदको प्रमुख आतिथ्यतामा दिवस हो ।
सदुरपश्चिम प्रदेश ,सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनलाय र स्वास्थ्य कार्यालय डडेल्धुराको सयुक्त साझेदारीमा बार्षिक कार्यक्रम अन्तरगत दिवस मनाइएको हो ।
पछिल्लो समयमा एचआईभि एड्स संक्रमण र संक्रमितको संख्या विश्व व्यापी रुपमा घट्दो क्रमा रहेको र नेपालमा पनिे स्वास्थ्य क्षेत्रसंग सम्वद्व सरकारी गैर सरकारी संघ संस्थाको पहल वाट सुन्यमा झार्न पहल भई रहेको स्वास्थ्य कार्यालय डडेल्धुरा प्रमुख केशर बहादुर साउँदले वताए ।
डडेल्धुरा र जोगबुडा अस्पतालमा एचआईभी एड्सको निःशुल्क उपचार तथा औषधी उपलब्ध रहेको साउँदले जानकारी दिए ।
डडेल्धुरा जिल्लामा हाम सम्म २२४ जना संक्रमितहरु रहेकोमा १२६ जना निको भएको सुरक्षित जिवन जिउन सफल भएको सुखद पक्ष रहेको समेत उहाँले वताए ।
परशुराम नगरपालिका अर्थात जोगबुडा अस्पतालको तथ्याङ्क अनुसार ५४ जना यहाँ संक्रमित रहेकोमा ५ जनाको मृत्य भएको र ४५ जना निशुल्क औषधी सेवन गरि रहेकोमा १ जना भने सम्पर्क बिहिन रहेको डडेल्धुरा प्लसका प्रमुख बिक्रम जैररुले जानकारी दिए ।
उनले ‘भने आम नागरिकमा असुरक्षित यौन सम्पर्क वाट मात्रै एचआई (एड्स) सर्ने भन्ने मानसिकताका कारण जाँच गर्न कम आउने भएपनि अहिले भने सेवा लिन संक्रमितहरु निधक्काका साथ आउने परामर्ष लिई रहेकाछन ।

bb

Leave A Reply

Your email address will not be published.