पदम जोरा,डडेल्धुरा
डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर ९ घर भएकी जेष्ठ नागरिक सुपली देबि बोहराल शिव मन्दिर निर्माण गर्नु भएको छ ।
वडा.न ९ को गाईबाद्वे बजार नजिक रहेको गायत्री मन्दिर परिसरमा उनले आफुले पाउँने सामाजिक सुरक्षा भत्ता वाट शिव मन्दिर निर्माण गरेकी हुन ।
परशुराम नगरपालिका ९ जफती बस्ने १०० बर्षिया सुपली देबि बोहराले मन्दिर निर्माण गर्नु भएको हो । आफ्नो तिन वर्ष सम्मको प्राप्त सामाजिक सुरक्षा भत्ताले मन्दिर निर्माण गरेको उहाँले गाउँघरन्यूज लाई बताईन ।
मन्दिर निर्माणमाका लागि बोहराले १ लाख खर्च भएको वताईन ।
बृद्वा अवस्थामा आत्माशान्तीका पित्रीशान्तीका लागि मन्दिर निर्माण गरेको उनको भनाईछ ।
पछिल्लो समय गाउँ, बस्ती र समाजमा धर्मप्रती आम नागरिकहरुको आस्था कम भएकाले नागरिकलाई धार्मीक र आध्यात्मिक चिन्तन बढाउने र मानव सभ्यतावाट समाज रुपान्तरण भई साकारात्मक भावनाको विकास हुने सन्देस दिने उनले मन्दिर निर्माण गरेको वताईन ।
धर्मले संस्कार सिकाउने र मानिसको संस्कार राम्रो भएमा सुसस्कृत र सब्य समाज निर्माण हुने उनको ठहर छ ।
आगामी दिनमा आउने सामाजिक सुरक्षा भत्ताले अझै मन्दिर रङ्गरोगन गर्ने र घेरवाण गर्ने उहाँको भनाई छ ।
