कञ्चनपुरमा हात्तीको आक्रमणबाट घाईते अर्की महिलाको पनि मृत्यु

कञ्चनपुरमा हात्तीको आक्रमणबाट घाईते भएकी अर्की महिलाको पनि मृत्यु भएको छ। हात्तीको आक्रमणबाट घाईते जिल्लाको महाकाली नगरपालिका वडा नम्बर २ की ५० वर्षीया भुरी बोहोराको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

यसअघि हात्तीको आक्रमणबाट सोही ठाउँकी ३८ वर्षिया बसन्ती भट्टको मृत्यु भईसकेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक नरेन्द्र वहादुर चन्दले बोहोराको मृत्यु भएको पुष्टि गरे।

आक्रमणमा परी घाईते भएका अन्य चार महिलालाई उपचारका लागि भारतको खटिमा पठाईएको उनले बताए। घाईते हुनेहरुमा स्थानीय सरिता ओझा, सुनिता बिष्ट, ललिता बोहरा र उमा साउँद छन् । दिनेश खबर

bb

Leave A Reply

Your email address will not be published.