पदम जोरा,डडेल्धुरा
डडेल्धुराको परशुराम नगरपालिका वडा.न ६ सिमलिखेतका वाढि पिडीतहरुले तिन वटै तहका सरकार संग उचित राहत, क्षतिपुर्ति र वस्ती पुर्ननिर्माणको माग गरेकाछन ।
शनिवार वाढिले भत्काएको तटबन्ध क्षेत्रमै संघर्ष समिती सांयोजक भान बहादुर साउँदको अध्यक्षमा बैठक बसि समितिले सो निर्णय गरेको हो ।
प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनको पुर्व सद्यामा कार्तिक २० गते जोगबुडा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा लाई सिमलिखेत वाढि पिडित संघर्ष समितिले उचित राहत, क्षतिपुर्ति र वस्ती पुर्ननिर्माणको माग सहित ज्ञापन–पत्र वुझाएका थिए ।
त्यसै गरि संघर्ष समितले कार्तिक २२ गते मतदाता भेटघाटमा दौरानमा उक्त बस्तीमा पुगेका प्रदेससभा सदस्य पदका उमेदवार खगराज भट्ट लाई समेत संघर्ष समितिले समस्या सुनाएको संयोजक भान बहादुर साउँदले गाउँघरन्यूज लाई जानकारी दिए ।
मंसिर ४ गते चुनाव सम्पन्न भएको छ, निर्वाचित प्रदेशसभा सदस्य खगराज भट्ट ज्यू लाई बधाई तथा सुभकामना दिने र फेरी पनि वाढि ग्रष्त बस्तीको समस्या उहाँ लाई सुनाउने निर्णयमा संघर्ष समिति पुगेको छ ।
मिति २०७९ असोज पहिलो साताको निरन्तर वर्षाका कारण पुन्तुरा र रंगुन नदिमा पानीको बहाव बढेर तटबन्ध भत्कीदा बस्तीमा वाढि पसेको थियो । बस्तीमा वाढि पसेर मिलीखेत, सरगौडा, सहितको समुदायका स्थानीयको धानवाली, खेतीयोग्य जमिन बगाएको थियो । भने स्थानीय डम्वर साउँदको किराना पसल, बाख्रा, स्थानीय गोरख थापाको चेम्फा टेक्टर सहितको सामग्री समेत वाढिले वगाएको थियो ।
तत्काल परशुराम नगरपालिकाका नगर–प्रमुख भरत वडायर जोशीको नेतृत्वमा उत्त तटबन्ध पुर्ननिर्माणका लागि श्रमदान अभियान थालीएको र अर्को व्यवस्था नहुन्जेल सम्म लागि तारजाली राख्ने कार्य गरेको भए पनि फेरी वर्षाले तटबन्ध वगाएको हो ।
परशुराम नगरपालिका, वडा न. ६ प्रहरी प्रशासन र पिडीत स्थानीयहरुको क्षतीको विवरण तयार पार्ने कार्य समेत गरि सकेको छ ।
दशै तिहार पुर्व बस्तीमा वाढि पसि पाक्नै लागेको धान वाली नष्ट हुदाँ स्थानीयमा खाद्यसंकटको अवस्था आउने स्थानीय गोरख थापाले वताए ।
नगरपालिका र प्रहरीले क्षतीको विवरण लगेको छ राहत भने उपलब्ध नभएको थापाले गुनसो सुनाए ।
उक्त बस्तीमा वाढि पस्दा १ सय वढि स्थानीयको धानवाली र खेतीयोग्य जमिन वगरमा परिणत भएको छ , तटबन्ध निर्माण भए पछि अव त जमीन सम्याउनु पर्छ भनेर, लाखौ खर्च गरि स्काईभटर लगायौ अहिले वगरमा परिणत भयो स्थानीयले पिडा सुनाए ।
हामीले अहिले वाढि पिडित भान बहादुर साउँदको संयोजकत्वमा संर्घष समिति गठन गरेका छौं ।
नगरपालिका र नगर–प्रमुख लाई पटक–पटक राहत,पुर्ननिर्माण क्षक्षिपुर्तिका लागि माग गरि रहेका छौं, मेयरसाप आफै श्रमदान खटिनु भएको हो, उहाँ लाई पुरा जानकारी छ ,चुनाव पछि राहत र पुर्ननिर्माणको काम हुन्छ भन्नु भएको हो संघर्ष समिति संयोजक भान बहादुर साउँदको भनाई छ ।
