पबित्रा रोकामगर,जोगबुडा
सभ्य समाजको पहिचान, हिँसा बिरुद्व को अभियान नाराका डडेल्धुराको परशुराम नगरपालिकामा पनि लैङ्गिक हिँसा विरुद्व १६ दिने अभियान सुरु भएको छ ।
नोभेम्भर २४ देखी डिसेम्वर १० सम्म हरेक वर्ष लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाईने गरिन्छ ।
महिला समुह, महिला स्वास्थ्य स्वयमसेविका, नगरपालिका उप–प्रमुख बिमला बोहरा (महता) महिला जनप्रतिनिधी,नगरपालिकामा आवद्व महिला कर्मचारी,सहितको सहभागितामा मंसिर ९ गते देखी ३१ औँ अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु गरिएको परशुराम नगरपालिका महिला तथा वालवालिका जेष्ठ नागरिक शाखा प्रमुख बविता थापाले जानकारी दिईन ।
अभियान शुभारम्भ कार्यक्रममा नगरपालिका वजार क्षेत्रमा ¥याली सहित कार्यक्रम सुरु गरिएको थापाले जानकारी दिईन ।
सुभारम्भ कार्यक्रममा वोल्दै परशुराम नगरपापलिका शिक्षा शाखा प्रमुख लक्ष्मी विष्टले लैङ्गिक हिंसा अन्त्यको प्रयास स्वरूप सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोबल लिडर सिपको सहयोगमा २० देशका २३ उत्साहित महिलाको समूहले लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको सुरुवात गरी विश्व लाई अभियानमा जुट्न आह्वान गरेको जानकारी दिइन् ।
विष्टका अनुसार हरेक वर्ष अग्रेजी महिनाको नोभेम्बर २५ अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस बाट सुरु गरी डिसेम्बर १० अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सम्म अभियान सञ्चालन गरिन्छ । परशुराम नगरपालिकामा ¥याली, अन्तरक्रिया लगायतका कार्यक्रम गरेर महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिने परशुराम नगरपालिकाले जनाएको छ ।
डडेल्धुराको परशुराम नगरपालिकाका र्दुगम बस्तीहरुमा पितृसत्तात्मक सोंचका कारण अझै महिला हिंसाका घटनामा कमी नआएको नगर–उपप्रमुख बिमला बोहराले बताइन ।
‘अहिले पनि महिलालाई हाम्रो समाजले दोस्रो दर्जाको रुपमा हेर्ने चलन छ’, उनले भनिन्,‘लैंगिक हिंसा रोक्न सोंचमा परिवर्तन आवश्यक छ ।
