पदम जोरा,डडेल्धुरा
वि.सं. १९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपाल सरकारवाट (क) वर्गको ईजाजत प्राप्त नेपाल बैंक लिमिटेडले स्थापनाको ८६ औैं वर्षगाठ मनाएको छ ।
धर्मपथ, काठमाण्डौमा मुख्य कार्यालय रहेको नेपाल बैंकले आफ्ना देशभर २३२ शाखामा बर्षगाठ मनाएको हो ।
नेपाल सरकार र निजि लगानीकर्ता रहेको नेपाल बैंकका हाल देशैभर २३२ शाखा रहेकाछन
८६ औँ बर्षमा प्रवेश गरेको अवसरमा देशैभरका साखाहरुमा नेपाल बैँक लिमिटेडले बिबिध कार्यक्रम सम्पन्न गरेको छ ।
यता डडेल्धुराको परशुराम नगरपालिका जोगबुडामा रहेको नेपाल बैंक लि.जोगबुडा साखाले पनि ८६ औं वर्षगाठ मनाएको छ ।
बुधवार बिहान जोगबुडा अस्पतालमा रहेका विरामी , शिद्वनाथ मन्दीरमा रहेका भत्तजनहरुलाई फलफुल वितरण सहित कार्यालयमा सुभकामना तथा सेवा ग्राहिवाट सुझाव संकलन , चियापानको आयोजना गरि बार्षिकोत्सव मनाएको शाखा प्रबन्धक सरोज वस्थीको जानकारी दिनु भएको छ ।
शाखा प्रबन्धक सरोज वस्थीको अध्यक्षता तथा त्रिबेणी बहुमुखी क्याम्पस जोगबुडाका क्याम्पस प्रमुख नवराज नाथको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि जोगबुडा साखाले ८६ औं वार्षिकोत्सव मनाएको हो ।
परशुराम, आलितालमा जोगबुडा शाखाले सेवा प्रवाह गरि रहेको र अझै सेवा प्रभावकारी, प्रबिधिमैत्री र छिटो छरितो वनाउनेमा आफुहरु प्रतिबद्व रहेको शाखा प्रबन्धक सरोज वस्थीले वताए ।
