कार्तिक २० गते जोगबुडा सदरमुकाममा १० हजार जनता उतार्ने गठबन्धनको तयारी

पदम जोरा,डडेल्धुरा


सयुक्त लोकतान्त्रीक बाम गठबन्धनका नेता तथा काँग्रेस परशुराम सभापती र माओवादी केन्द्र परशुराम अध्यक्ष शेर सिह माल डायमण्डले कार्तिक २० गते जोगबुडा सदरमुकाम परशुराम रंगमैदानमा १० हजार जनता उतार्ने वताएकाछन ।
परशुराम नगरपालिका वडा.न ८ र ९ मा मंगलवार सम्पन्न सयुक्त लोकतान्त्रीक वाम गठबन्धनको प्रचार प्रसार समिति गठन तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै नेता द्वयले एउटै मञ्चवाट कार्यकर्तालाई चुनावी आमसभामा सहभागिताका लागि निर्देशन दिनु भएको हो ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सभापती शेरबहादुर देउवाले कार्तिक २० गते आलिताल र परशुरामको सयुक्त लोकतान्त्रीक बाम गठबन्धन द्वारा आयोजित चुनावी सभालाई सम्वोधन गर्नु हुने कार्यतालिका रहेको काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदले गाउँघरन्यूज लाई जानकारी दिए ।
साउँदले भने पहिलो पटक ७ वटै पालिकाका ७ वटा सभालाई प्रधानमन्त्री ज्यू ले सम्वोधन गर्नु हुन्छ,‘त्यस पछि दोस्रो चरणमा पनि उहाँ गृह जिल्ला आउनु हुन्छ ।
आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन लक्षित चुनावी आमसभालाई सम्वोधन गर्न देउवा यही कार्तिक १७ गते देखी २० गते सम्म गृह जिल्लामा रहने साउँदले जानकारी दिनु भयो ।
०४८ सालदेखि निरन्तर डडेल्धुराबाट निर्वाचन लड्दै आएका देउवाले पहिलो पटक माओवादी (केन्द्र) जनमोर्चा र एकीकृत समाजवादीको साथ पाई चुनावमा होमिएकाछन ।
देउवा विरुद्ध लामो समय देउवाकै स्वकीय सचिव रहेका (बीपी) कांग्रेसका कर्ण वहादुर मल्ल, स्वतन्त्र उमेदवार सागर ढकाल लगायत ८ जना चुनावी मैदानमा छन् ।
अहिले डडेल्धुरामा वाम–लोकतान्त्रिक गठबन्धनले नेपाली कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउदको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरि चुनावी प्रचार लाई तिब्रता दिएको छ ।

bb

Leave A Reply

Your email address will not be published.