परशुराम नगरपालिका वडा.न ६ द्वारा क्रिकेट प्रतियोगिताको आयोजना

रमेश पनेरु,कुणा

परशुराम नगरपालिका वडा.न. ६ कुणाले नगरस्तरिय क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ ।
पन्तुरा खोलाले बगाई ज्यान गुमाएका वडा.न. ६ निर्वाचित वडासदस्य स्व.नरबहादुर धामीको सम्झनामा वडा.न ६ ले हरेक वर्ष स्व.नर बहादुर धामी स्मृतिकफ क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको वडाअध्यक्ष खगेन्द्र बहादुर सिंहले गाउँघरन्यूजलाई जानकारी दिए ।
वडा सदस्य स्व.धामी प्रति सम्झना र खेलप्रति यस क्षेत्रका युवाको आक्रषण बढाई खेलाडी उत्पादन गर्ने उदेश्यका प्रतियोगिता आयोजना गर्ने गरेको अध्यक्ष सिंहले वताए ।
आर्थिक वर्ष २०७९/०८० को लक्षित स्वीकृत कार्यक्रम अनुसार शनिवार वाट वडा.न ६ कै पुरानोचौकी बण्ड खेलमैदनामा मा प्रतियोगिता जारी रहेको छ ।
शनिवार परशुराम नगरपालिकाका नगर–प्रमुख भरत वडायर जोशीले प्रतियोगिताको उदघाटन गर्नु भएको हो ।
प्रतियोगितामा नगरभित्रका १२ टिमको सहभागिता रहेको आयोजक परशुराम नगरपालिका वडा.न ६ ले जनाएको छ ।

 

bb

Leave A Reply

Your email address will not be published.