पदम जोरा,डडेल्धुरा
नेपाल कम्युनिष्ट पार्टी एमाले डडेल्धुराको प्रदेशसभा क्षेत्र (क) वाट प्रदेशसभा सदस्य पदका उमेदवार पठानसिह बोहराले जनतामाझ वोलेका अधुरा वाचालाई पुर्णता दिन आफ्नो उमेदवारी रहेको वताएका छन ।
गाउँघरन्यूज संग कुरा गर्दै शुदूरपश्चिम प्रदेश सरकारका निर्वतमान भौतिक पुर्वाधार विकास मन्त्री समेत रहेका बोहराले आफ्ना ३ वर्ष जनताको मागमा आधारित विकास, निर्माण योजना र लक्षित कार्यक्रममा वितेको सुनाए ।
आफ्नो क्षमता, नियम र कार्यबिधी अनुसार डडेल्धुराको भित्रीमधेष क्षेत्रको सडक निर्माण, स्तरोन्नती र कालोपत्रे, शिक्षा, स्वास्थ्य, सञ्चार, सिचाई, खानेपानीमा वार्षिक बहुवर्षिय वजेट विनियोजन गर्न सफल भएको वोहराले दावी गरे ।
मानिसका आवश्कता असिमित हुन्छन भने जस्तैः जनताका माग पनि कयौन छन र्दुगम वस्तीमा बिकासका आवश्यक सुचाङ्क अझै वाकि छन ।
तिनै अभावगस्त बस्तीकै झुपडीमा जन्मीएर राजनितीमा सकृय छु, ति वस्ती लाई विकासको अनुभुती दिन मेरो उमेदवारी रहेको वोहराले सुनाए ।
म सित विकासका कयौंन खाका थिए र छन पनि एक डेढ वर्ष सिकाई र निति, नियम निर्माणमा विते, त्यसपछि नेकपा फुटले समस्या सृजना भयो ।
हाम्रो पार्टीको ‘सुखी नेपाली र समृद्व नेपाल’ नारा पनि सार्थक हुन सकेन त्यो नारा सार्थक पार्न फेरी मेरो उमेदवार हो, वोहराको भनाई छ ।
सूदुरपश्चिम प्रदेसका ९ वटै जिल्ला र डडेल्धुराको हरेक बस्तीको झुपडिमा प्रतक्ष र अप्रतक्ष रुपमा म पुगेको छु ।
बोहरा २०७४ सालको प्रदेससभा निर्वाचनमा डडेल्धुरा प्रदेससभा क्षेत्र (क) वाट वाम गठबन्धन वाट उमेदवारी दिई प्रदेससभा सदस्यमा विजयी भएका थिए ।
शुदूरपश्चिम प्रदेस सरकारको भौतिक पुर्वाधार विकास मन्त्री समेत वनेका थिए ।
