पदम जोरा,डडेल्धुरा
डडेल्धुरा प्रदेससभा क्षेत्र (ख) लोकतान्त्रीक बाम गठबन्धनका प्रदेशसभा सदस्य पदका साझा उमेदवार गोबिन्दराज बोहराले हाम्रो अवको क्रान्ती गरिबी र वेरोजगारी हटाउने भएको वताएका छन ।
प्रदेससभा क्षेत्र (ख) को अमरगढि नगरपालिकामा आयोजित मतदाता भेटघाट तथा प्रशिक्षण कार्यक्रम लाई सम्वोधन गर्दै वोहराले उक्त धारण व्यक्त गरेका हुन ।
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक बिकासमन्त्री समेत रहेका बोहराले सरकारमा सुजबुझ र भिजन भएका उमेदवारलाई जिताउने/हराउने जिम्मेवारी मतदाताको रहेको सुनाए ।
हामी सित प्लान छ, अनुभव छ, प्रदेश मन्त्रीको जिम्मेवारीमा रहँदा यस क्षेत्रको विकास निर्माणमा टेवा पुगेको नपुगेको र्छलङ्ग छ ।
प्रदेश सरकारको भुमीका के रहन्छ ? कसरी गरिबी र बेरोजगारी हटाईन्छ हामीले बुझेका छौं ।
यो गरिबी र वेरोजगारी हटाउने लडाईमा साथ दिन निरधक्क गठबन्धनको पक्षमा मत दिनुस मतदातामाझ उनले अपिल गरे ।
देश युवाको काधँमा छ, युवा वेरोजगारीको चपेटामा छन, सयुक्त गठबन्धन विजयी गराउनुस वेरोजगारी समस्या समाधानका लागि सिपमुलक कार्यक्रम, उद्योग, कलकारखाना स्थापना गरि वेरोजगारी र गरिबी हटाउन हामी प्रतिबद्व छौं ।
ऊनले भने’ ‘पुर्वाधार विकास निर्माण क्षेत्रको विकास करिब ७० प्रतिशत फड्को मारेको छ ।
अव स्तरोन्नती गर्नु र बढि भन्दा बढि युवालाई विकास, निर्माण, सिपमुलक, र रोजगारमुखी वनाउन सके बेरोजारी क्रान्ती सफल हुन्छ’
बेरोजगारी क्रान्ती सडक आन्दोलन, बन्द र चक्का जामको नभई उद्योग कलाकारखाना स्थापना गर्ने र युवामुखी लक्षित कार्यक्रम लाई बढवा दिने उनले वताए ।
