प्लस पुनपुना क्लब द्वारा आयोजित क्रिकेट प्रतियोगिताको उपाधी वडा.न ६ (कुणा) लाई

पदम जोरा,डडेल्धुरा

प्लस पुनपुना क्लव परशुराम १२ जोगबुडाले आयोजना गरेको नगर स्तरिय खुल्ला पुरुष क्रिकेट प्रतियोगिताको उपाधी परशुराम नगरपालिका वडा.न ६ (कुणा) ले हात पारेको छ ।
परशुराम नगरपालिका १८ टिम सहभागि प्रतियोगितामा वडा.न ६ को कार्यालय (कुणा) बिजेता भएको छ, चौराहा स्पोर्ट सादनी उप–वीजेताको स्थानमा रहेको छ ।

बीजेता वडा.न ६ ले नगद ४१ हजार १ सय ११ रुपैया ट्रफि, प्रमाण–पत्र र उप–बिजेता चौराहा स्पोर्ट समुह सादनीले नगद २१ हजार, १ सय ११ रुपैया सहित ट्रफि र प्रमाण–पत्र प्राप्त गरेको छ ।
सुभ–दिपावली २०७९ को सुभकामना आदान–प्रदान स्वरुप प्लस पुनपुना क्लव जोगबुडाले क्रिकेट प्रतियोगिताको आयोजना गरेको थियो ।
क्लवले विगत वर्षहरुमा भलिवल, क्रिकेट, सहित सामाजिक उत्तरदायित्व र समाज रुपान्तरणका क्षेत्रमा बिभिन्न कार्य गर्दै आएको क्लवका अध्यक्ष हिक्मत वहादुर साउँदले गाउँघरन्यूज लाई वताए ।
परशुराम नगरपालिकाका नगर–प्रमुख भरत वडायर जोशीको प्रमुख आतिथ्यतामा बुधवार प्रतियोगिता उद्घाटन भएको थियो ।
बुधवार उद्घाटन भएको प्रतियोगिता परशुराम नगरपालिकाका नगर–प्रबक्ता , वडा.न ६ का वडाअध्यक्ष तथा नेपाली काँग्रेस परशुराम नगर–सचिव खगेन्द्र बहादुर सिंह को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
विजेता र उप–विजेतालाई प्रमाण–पत्र र पुरुस्कार वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथी  खगेन्द्र बहादुर सिंहले भित्रीमेधष क्षेत्र खेल र खेलाडी उत्पादनको थलो भएकाले हामीले खेलाडीहरुलाई हौसला स्वरुप बिभिन्न प्रतियोगिता आयोजना गर्नु जरुरी रहेको वताए ।
‘ऊनले भने, नगरपालिकाको वोडी युवाको छ, हामी युवाको पक्षमा छौं, यस क्षेत्रको हरेक विकासको अभिवारा युवाको काधमा छ ,

खेलमा मात्र नभई हरेक साकारात्मक वाटोमा युवाहरु जोडिनु पर्छ,  शिक्षा, स्वास्थ्य, विकास, निर्माण, योजना, खेलकुद, रोजगारीका क्षेत्रमा पनि युवालाई जोड्नु हाम्रो भुमीका रहने उनले वताए ।

पछिल्लो समय वेरोजगारीका कारण भारत तथा खाडीमुलक तिर युवा पलायन भई रहेकाले यो समस्यामा राज्यको ध्यान जानु पर्छ र हामी राज्यलाई घचघच्याउन तयार छौ ,उनले थपे ।

bb

Leave A Reply

Your email address will not be published.