पदम जोरा,डडेल्धुरा
डडेल्धुराको परशुराम नगरपालिका वडा.न ५ परिगाउँ स्थित भुवनेश्वरी नमुना माद्यमिक बिद्यालयकी छात्रा भरना नाथले राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेकीछन ।
गण्डकी प्रदेश पोखरामा असोज २७ गते देखी सुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा झरनाले तेक्वान्दो ४६ केजी तौल महिला समुह वाट रजत पदक जितेकी हुन ।
४६ किलो तौल समुहको पहिलो लिग चरणको खेलमा गण्डकी प्रदेश, सेमिफाइनल, वागमती प्रदेश संग , फाइनलमा त्रिभुवन आर्मी क्लब की काजल श्रेष्ठलाई हराउदै झरनाले पदक जितेकी हुन ।
ऊनले ४६ किलो तौल समुहको महिलाको पहिलो लिग चरण खेलमा शुदुरपश्चिमप्रदेशको पहिलो खेलाडीको रुपमा आफुलाई उभ्याएकीछन ।
ऊनले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेतालाई समेत हराएकीछन ।
सानै देखी खेलक्षेत्रमा रुचि राख्ने झरनालाई अहिले सामाजिक सञ्जाल फेसबुकमा अहिले वधाईको ओईरो लागेको छ ।
भुवनेश्वरी नमुना माबि की मेधावी छात्राले सिंगो शुदूरपश्चिम, डडेल्धुरा जिल्ला, भित्रीमधेष,परशुराम नगरपालिका र हाम्रो विद्यालयको शिर उचाईमा राखेको विद्यालयका प्रधानाध्यपाक डम्बर सिंह थ्वालले गाउँघरन्यूजलाई वताए ।
झरनाले आफ्नो अनुशासन, खेलकुदको लगनशिलताले नगरको शान र गरिमा राष्ट्र र अन्तराष्ट्रमा झल्कीएको भन्दै नगर–प्रमुख भरत बडायर जोशी ,उप–प्रमुख विमला बोहरा (महता) प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरु,शिक्षाशाखा अधिकृत लक्ष्मी विष्ट सहितले झरनालाई वधाई र आगामि दिनको सफलतको शुभकामना व्यक्त गर्नु भएको छ । अन्य क्षेत्रवाट पनि अहिले झरना लाई वधाईको ओईरोछ ।
