पदम जोरा,डडेल्धुरा
नेपाली काँग्रेस नगर कार्य समिति परशुराम, डडेल्धुराले यही असोज २९ गते बिहान ११ वजेका लागि नगर बैठक डाकेको छ ।
आसन्न मंसिर ४ मा सम्पन्न हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी बैठक डाकेको काँग्रेस परशुरामका सभापती भरत वडायर जोशीले गाउँघरन्यूजलाई जानकारी दिए ।
आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका गठबन्धनका साझा उमेदवार लाई विजयी गराउने गरि बैठक डाकेको नगर सचिव द्वय मञ्जु धामी र खगेन्द्र सिंहले जानकारी दिए ।
बैठकमा यस क्षेत्रका महाधिबेसन प्रतिनिधी, नगर कार्य समितिका पदाधीकारी, तथा सदस्य,जिल्ला कार्य समिति सदस्य तथा पदाधीकारी, प्रदेशसभा क्षेत्र (क) का सभापती तथा पदाधीकारी, भात्री संगठनका प्रमुख तथा पदाधीकारी र नेपाली काँग्रेस वाट निर्वाचित जनप्रतिनिधी लाई डाकीएको नगर सचिव तथा खगेन्द्र सिंहले वताए ।
