अवरुद्व सडक सुचारु गर्दै : डडेल्धुराको भागेश्वर गाउँपालिका 

पदम जोरा,डडेल्धुरा

असोज पहिलो साता देखीको निरन्तर वर्षाका कारण भागेश्वर गाउँपालिकाको वगरकोट, सिराड, रुपाल सडक खण्ड अवरुद्व रहेको छ ।
गाउँपलिकाको वडा.४, ५ ,२ र १ नम्वर वडालाई जोड्ने उक्त सडकखण्डको खुल्लाखेतमा ठूलो पहिरो जादा सडक अवरुद्व भएको वडा.न ४ का वडा अध्यक्ष बसन्तराज चटौतले वताए ।
वगरकोटको खुल्लाखेत सडकखण्ड मोडमा ठूलो पहिरो गयो, निरन्तर वर्षाले पहिरो नरोकिदा स्थानीयलाई सास्ती भएको छ ,उनले थपे ।
पहिरो पञ्छ्याउने र सडक सुचारु गर्न गाउँपालिकाले प्रयास जारी राखेको चटौतको भनाई छ ।
असोज २६ गते अवेर राति सम्म आफुहरु उक्त पहिरो पन्छ्याउनमा जुटेको र १०–१२ घण्टा भित्र सडक सुचारु हुने वडा.न ४ का अध्यक्ष चटौतले समाजिक सञ्जाल मार्फत जानकारी गराएकाछन ।
सडक अवरुद्व हुदाँ बिशेस गरि भागेश्वरको वडा.न ५ , २ र १ का नागरिकलाई निकै समस्या रहेको वडा.न. १ का वडा अध्यक्ष मणिकराज भट्टको भनाई छ, ।
दशै मान्न र देवि देवता पुजनका लागि कैलाली, कञ्चनपुर, काठमाण्डौं र वाह्यिमुलुक वाट जन्मथलो पुगेका अधिकान्स नागरिकहरु समस्यामा परेका छन वडा.न २ का अध्यक्ष उपेन्द्र जोराको भनाई छ ।
अति आवश्यक, कामका र बिरामीहरु खुल्लाखेत सम्म जाने र त्यहाँ वाट पैदल गई बगरकोट वाट गाडि खोज्ने बाध्यतामा नागरिकहरु छन ।
कैलाली,कञ्चनपुर पर्कीनेहरु तल्लोवाट परशुराम नगरपालिका भएर कर्मथलो तिर फर्कीन लागेको ऊनले गाउँघरन्यूजलाई जानकारी दिए ।
गाउँपालिका उपाध्यक्ष पुष्पा ठकुराठीले आफु स्वास्थ्य उपचारमा पालिका वाहिर रहेको वताउदै छिट्टै अवरुद्व सडक सुचारु भई नागरिकलाई सहजतामा गाउँपालिका प्रतिबद्व रहेको वताईन ।
गाउँपालिकाले दशै र्पुव नै स्थानीय नागरिकको सहजताका लागि अवरुद्व ग्रामिण सडक सुचारु गर्ने निर्णय गरेको हो ।
दशै यता निरन्तर भारी वर्षा रोकिएन तिहार सम्म ग्रामिण क्षेत्रका सबै अवरुद्व सडक सुचारु गरिने गाउँपालिका अध्यक्ष हेमराज चटौतको भनाई छ ।

bb

Leave A Reply

Your email address will not be published.