परशुराम नगरपालिका द्वारा दशै,तिहार र छठ पर्व बिशेस सुभकामना

पदम जोरा,डडेल्धुरा

डडेल्धुराको परशुराम नगरपालिकाले २०७९ सालको दशै तिहार र छठ पर्वको अवसरमा बिहिवार सुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ ।
परशुराम नगरपालिकाका नगर–प्रमुख भरत वडायर जोशीको संयोजकत्वमा सुभकामना आदान–प्रदान गरिएको हो ।
हिन्दुहरुको महान चाडँ विजयादशमी तथा सुभदिपावली र छठ पर्व २०७९ सालको अबसरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरिएको परशुराम नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरुले जानकारी दिनु भएको छ ।
शुभकामना आदान प्रदान कार्यक्रममा परशुराम नगरपालिकामा उपलब्ध जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,नागरिक समाज, सुरक्षाकर्मि ,व्यापारी, शिक्षक, राष्ट्रसेवक कर्मचारी , पत्रकार, वुद्धिजिविहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगर प्रमुख भरत वडायर जोशीले नगरवासीलाई सुभकामना व्यक्त गर्नु भएको थियो

bb

Leave A Reply

Your email address will not be published.