डडेल्धुराको आलिताल २ स्थित उणीकोट मा.वि.मा प्लस टु पढाई सुरु

पदम जोरा,डडेल्धुरा

डडेल्धुराको आलिताल गाँउपालिका वडा नं.२ को सदरमुकाम स्थित उणिकोट माध्यमिक बिद्यालयमा प्लस टु पठाई सुरु भएको छ ।
आलिताल गाँउपालिकाको भौगोलिक रुपले दुर्गम क्षेत्रमा रहेको उणिकोट मा.बी.मा लामो समयको प्रयास पछी प्लस टु को पढाई संञ्चालनमा आएको हो ।
२०१६ सालमा स्थापना भएको उणीकोट मा.बि.का विद्यार्थिलाई एसईई उर्तिण भइृ उच्च शिक्षाका लागि आलितालको सदरमुकाम गोदाम, घरेलु, डोटीको घण्टेश्वर र डडेल्धुरा सदरमुकाम तथा वाह्यि जिल्ला जानु पर्ने वाध्यता रहेको थियो ।
आर्थिक बर्ष २०७९÷०८० बाट उणीकोट माबिमा प्लस टु संचालनमा आए पश्चात यस क्षेत्रका विद्यार्थिलाई उच्च शिक्षा अध्ययनका लागि सहज भएको अभिवाबकहरुको भनाई छ ।
कुल २४६ विद्यार्थि रहेको उणिकोट मा.बी.मा यस आर्थिक बर्ष बाट कक्षा ११ को पढाई सुरु भएकोमा पहिलो बर्ष नै २० जना विद्यार्थिले कक्षा ११ मा भर्ना भएका विद्यालय प्रशासनले गाउँघरन्युजलाई जानकारी दिएको छ ।
गाउँकै विद्यालयमा आफ्ना वालवालिकाले उच्च शिक्षा अध्ययन गर्न पाउने भए पछि अभिवाबकहरु पनि उत्साहित भएका छन ।
उणिकोट मा.बी.लाई उच्च मा.बी.बनाउनु पर्छ भनेर अभियान संञ्चालन गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एबं वडा नं.२ का अध्यक्ष प्रमोद मल्लका अनुसार समाजसेवी तथा शुभचिन्तकले करिव २५,००,०००। चन्दा संकलन गरेकोमा वडा र पालिकावाट पनि आर्थिक सहयोगका लागि पहल गरिने वताए ।
प्ल टु संञ्चालन गरेकै बर्ष विद्यार्थिहरुको उत्साहजनक भर्नाले विद्यालय परिवार उत्साहित भएको र पहिलो बर्ष मा शिक्षा शंकाय तर्फ नेपाली र श्वास्थ्य बिषय पठन–पाठन भईरहेकोे साथै आगामी शैक्षिक सत्रमा आवश्यकता अनुसार संकाय र फ्याकेल्टी थप गर्दै जाने अध्यक्ष प्रमोद मल्लले भनाई छ ।
यस पूर्व आर्थिक अवस्था राम्रो भएका हरु तराई तथा वाह्यि जिल्ला गएर उच्च शिक्षा लिने भएता पनी न्यून आर्थिक अवस्था भएका बिध्यार्थी हरु पढाइ बाट बन्चित हुनु पर्ने समस्या रहेको थियो ।
अव उणीकोट मै प्लस टु को पढाइ हुने भए पश्चात आर्थिक अवस्था न्यून भएका विद्यार्थिहरुले आफनै गाँउमा उच्च शिक्षा हासिल गर्न पाउने भएकाछन ।

bb

Leave A Reply

Your email address will not be published.