पदम जोरा,डडेल्धुरा
डडेल्धुराको परशुराम नगरपालिका वडा.न १० लामिजालाका हर्क रावल भारतको व्याङलोरवाट वेपत्ता भएकाछन ।
आफन्तका अनुसार व्याङलोरको एक होटलमा मजदुरी गर्ने रावल बेपत्ता भएको वताइएको छ ।
होटल मालिक संग सामान्य भनाभन भए पछि कही अपहरणको आसंका लागेको आफन्त जयराज रावलको भनाई छ ।
हर्कको खोजीका लागि व्याङलोरमा रहेका सम्पुर्ण नेपालीहरुले प्रहरीमा ऊजुरी दिएका छन भने , समाजिक संजाल मार्फत फोटो र दिपक बोहरा को मोवाईल नम्वर ९९४५८९२९८६ सम्पर्क गरिदिन अनुरोध गरि रहेकाछन ।
हर्क रावल भारतमा वेपत्ता भएको खवर लामिजाला घरमा सुनीए पछि आफन्तहरु चिन्तीत वनेको वडा.न १० का वडा अध्यक्ष राज कुमार भाटको भनाई छ ।
भारवाट नेपालीहरुले मलाई फोन र सामाजिक संंजालवाट नेपाल सरकार नेपाल प्रहरी मार्फत खोजीका लागि आवश्यक पहल गरिदिन अनुरोध गरेको अध्यक्ष भाटको भनाई छ ।
आफुले पनि माथिल्लो निकाय र जिल्ला प्रशासन हुदै राजनैतिक क्षेत्र वाट पहल चालेको गाँउघरन्युजाई वताए ।
यता यो विषय संबेदनशिल भएको र छिट्टै आफ्ना नागरिकाको खोजी गरिने परशुराम नगरपालिकाका मेयर भरत वडायर जोशीको भनाई छ ।
हामी हाम्रो क्षेत्रवाट हुने पहल गरि छिट्टै हर्कको खोजी गर्न पहल गर्ने मेयर जोशीले वताएका छन ।
र्हक एक्कासी वेपत्ता भए पछि उक्त शहरमा कामगर्ने अन्य नेपाली युवाहरुमा त्रास बढेको छ भने, आफुहरु असुरक्षित रहेको उनीहरुले सुनाएकाछन ।
