पदम जोरा,डडेल्धुरा
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्य तथा काँग्रेस डडेल्धुराका पुर्व जिल्ला उप–सभापति र्धमानन्द भट्ट पहिलो पटक मिडियामा आएका छन ।
निश्वार्थ रुपमा २०४६ सालमा बहुदलिय ब्यबस्थाको आन्दोलन देखि लागातार ३ दशक सम्म काँग्रेसको बिधि,बिधान र सिद्धान्तमा रहि पार्टीको ईमान्दार कार्यकर्ताको रुपमा रहेको ऊनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोष्ट गरेका छन ।
पार्टीको हरेक मोर्चा र आन्दोलनमा सहभागी भएको २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनका वेला पार्टीलाई लाई जिताउनका लागि प्रचार प्रसारका दौरानमा प्रतिपक्षी माओवादीवाट कुटपिटमा परि घाईते भएको समेत पोष्टमा उल्लेख गरेका छन ।
पार्टीका लागि एक अथक योद्धा हुनुको नाताले आउदो मंसिर ४ गते सम्पन्न हुने प्रदेससभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि पार्टी र पार्टीका उमेदवार जिताउन मेरो हर शक्ति प्रयोग गर्ने उनको स्ट्याटसको आसय छ ।
कुनै वेला काँग्रेस लाई रोजी रोजी तत्कालीन विद्रोही माओवादीले बिभिन्न खाले सजाय दिने पस्थिीतीमा पनि पार्टी भन्दा बाहिर नरहि आफ्नै घरमा पार्टी कार्यालय स्थपना गरि मृत्युको दोसादवाट पनि पार्टीका लागि वाचेको अझ पनि पार्टीका लागि कुनै कसर वाकि नराख्ने समेत स्ट्याटसको आसयछ ।
फेरि भन्न मन लाग्यो राजनिति र प्रेममा सबै सम्भव हुन्छ र कुनै वेला काँग्रेस लाई खोजी–खोजी कारवाही गर्ने परिस्थीती, व्यवस्था र अवस्था फेरीएको छ ।
अहिले काँग्रेस, माओवादी , सहितका ५ दलिय गठबन्धन छ, आजका दिन सम्म रुखमा भोट हालेको अवस्थामा यो परिस्थीतीमा के गर्ने भन्ने प्रश्न मनभित्रै अनुत्तरित छ ।
मैले बुझेको बहुदलीय ब्यबस्था भनेको स्वच्छ प्रतिस्पर्दा र धादली रहित निर्वाचन प्रतिस्पर्धा बाट बहुमत प्राप्त दलको सरकार बनाउने बहुमत नपुगेमा दुई वा दुई भन्दा बढी पार्टी मिलेर संसदमा बहुमत रहुन्जेल मिलिजुली सरकार सञ्चालन गर्ने ।
यहाँ ब्यक्ती विशेष लाई फाइदा र ब्यबस्थापनका लागि हरेक दल भित्रका लाखौ कार्यकर्ताको मनोभावनामा विपरित भई रहेको छ ।
सिमित व्यक्तिका लागि हो प्रस्ट देखीन्छ, व्यक्तिका लागि गठबन्धन गर्नु खतरापूर्णको संकेत भएको भट्टको स्ट्याटसमा छ ।
समग्र देश र डडेल्धुराको नतिजा आश्चर्यजनक आउन सक्ने भएकाले काठमाडौ बसेर राजनीति गरिरहेका सबै नेताहरु नतिजाको पर्खाईमा तयार रहन जानकारी गराउदछु उनको स्ट्याटसको अन्तीम पंक्तीमा छ ।
