भाद्र ३१ को राति १२ वजे खगेन्द्र सिंह लाई टेलीफोन : के भयो ?

पदम जोरा,डडेल्धुरा

डडेल्धुराको परशुराम नगरपालिका वडा.न ६ का डिल्ली साउँद र पदम साउँदले भावुक हुदै सुनाए जनप्रतिधिहोस त खगेन्द्र सिंह जस्तो ।
भावुक मुद्रामा देखीएका ऊनले भने भाद्र ३१ गते दिनभरी नै वर्षा थियो, करिब राति ८ बजेको हुदो हो , फेरी भारी वर्षा भयो ११ वजे तिर पुन्तुरा सुसाएर आयो र रंगुनमा मिसियो तटबन्ध भत्कायो वाढि गाउँमा पस्यो ।
रातिको करिब १२ वजेको हुदो हो । हामी तर्सीयौं ०६२ सालको बाढिको वितण्डा आखाँमा देखीन थाल्यो । भनिन्छ, पशु थाके तेर्साे र मान्छे थाके आफन्त खोज्दछ त्यस्तै अवस्थामा हामी थियौं त्यो रात ,गाउँमा खैला वैला माच्चीयो धेरै ठाउँमा फोन गर्न थाल्यौं ।
रातिको समय धेरै नेताहरुको फोन उठेन हाम्रा अनि राम्रा अभिवाबक वडा अध्यक्ष खगेन्द्र सिंह ठकुरी काठमाण्डौं हुनुहुन्थो पहिलो घण्टी मै फोन उठाउनु भयो र भन्नु् भयो सबै जना सुरक्षित स्थान माथि डाडातिर जानुस ।
त्यो राति हामीलाई मात्रै आत्मवल चाहिएको थियो त्यो आत्मवल हाम्रा अध्यक्ष ज्यू वाट पायौं । धन्यवाद अध्यक्ष ज्यू
काम विशेसले काठमाण्डौं रहेका अध्यक्ष ज्यू दोस्रो दिन बिहान हेलिकप्टर चार्टर गरि मेयर, उप–मेयर ,प्रमुख प्रशासकिय अधिकृत र प्रहरीको टोली सहित बस्तीको निरिक्षणका लागि पुगे ।
सुनीयो की ? असोज ४ गतेको नगरकार्यपालिका बैठकको निर्णयले हाम्रो बस्तीमा छिट्टै राहत दिदैछ , आशा गरौं हामीलाई यो दशै पुर्व राहत मिलोस ।
आउन त परशुराममा उपलब्ध सबै राजनैतिक दलका नेताहरु आए आश्वासन दिएर गए, हाम्रो अध्यक्ष ज्यू बस्तीमा पुगे पछि हामीलई साहस आयो कि अव हामी सुरक्षित छौं र छिट्टै राहत पाउछौं ।
वडा.नं ६ का वडा सभापती पदम साउँदले भने, हाम्रा अध्यक्ष जनप्रिय छन त्यस कारण पनि दोस्रो कार्यकाल पनि जितेका हुन ।
त्यसको दोस्रो दिन नै काँग्रेस डडेल्धुराका सभापतीसभापती, परशुरामका मेयर भरत जोशीको अनुरोधमा प्रधानमन्त्री शेर बहादुर देउवाको निदेर्शनमा नेपाली शेनाको हेलिकप्टर र्चाटर गरि सिधै वाढि ग्रस्त वस्तीमा पुगे
मानविय क्षती नभएको भए पनि आफुहरुको १००औं विगा क्षेत्रफलमा रोपेको धान वाली सोत्तर भएको छ ।
डम्वर साउँद ज्यू को खुद्रा पसल घर नै भत्कीएको साउँदले सुनाए ।
मेरो , चन्द्र साउँद , काले साउँद, विस्ना साउँद, माने साउँद , तुलवहादुर साउँद, दुर्गा साउँदको धानवाली, कच्ची घरहरु वगाएकोछ ।

bb

Leave A Reply

Your email address will not be published.